Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

गौरीफन्टा नाका स्तरोन्नतिलाई भ्रमणको कार्यसूचीमा राख्न आग्रह

गौरीफन्टा नाका स्तरोन्नतिलाई भ्रमणको कार्यसूचीमा राख्न आग्रह
A A+ A-

धनगढी। सुदूरपश्चिम प्रदेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिने नेपाल-भारत गौरीफन्टा नाकाको स्तरोन्नतिलाई प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको मुख्य कार्यसूचीमा समावेश गर्न माग गरिएको छ।

नाडा सुदूरपश्चिम प्रदेश सङ्घले गौरीफन्टा नाका, गेटा विमानस्थलको स्तरोन्नति र बझाङको उरै नाका सञ्चालनलाई प्रदेशको समृद्धिका लागि अपरिहार्य पूर्वाधारका रूपमा औंल्याएको छ।

सङ्घका संस्थापक अध्यक्ष मायाप्रकाश भट्टले प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउन र गरिबी न्यूनीकरणका लागि यी पूर्वाधारहरूको विकास आवश्यक रहेको बताए। उनले भने, “यो प्रदेशलाई आत्मनिर्भरतातर्फ अघि बढाउन एवं गरिबी न्यूनीकरणका लागि तीन वटै पूर्वाधारले महत्वपूर्ण योगदान पुर्याउने छन्।”

नाडाले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा यस विषयमा सम्झौता र सहमति भएको स्मरण गराएको छ। देउवाको भ्रमणका क्रममा भएको लिखित सम्झौताको बुँदा नम्बर ३३ मा यो विषय समेटिए पनि समन्वयको अभावमा कार्यान्वयन हुन सकेको छैन। सङ्घले वर्तमान प्रधानमन्त्रीको भ्रमणका क्रममा यसलाई प्राथमिकताका साथ उठाउन माग गरेको छ।

भारतसँगको आयात-निर्यात सहज बनाउन गौरीफन्टा नाकाको स्तरोन्नति र गेटा विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाउनुपर्ने सङ्घको जोड छ। यसका साथै, चीनसँगको व्यापार विस्तारका लागि बझाङको उरै नाका सञ्चालनमा ल्याउन पनि माग गरिएको छ।

सङ्घका अनुसार उरै नाकालाई कम खर्चमै बाह्रै महिना सञ्चालनमा ल्याउन सकिन्छ। यी पूर्वाधारहरूको निर्माणले मात्र सुदूरपश्चिमको वास्तविक विकासको बाटो खुल्ने संस्थापक अध्यक्ष भट्टले उल्लेख गरे।

2