Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

इम्बोस्ड नम्बर प्लेट क्रमशः जडान गरे हुने

इम्बोस्ड नम्बर प्लेट क्रमशः जडान गरे हुने
अ+ अ-

काठमाडौँ- असोज १ गतेदेखि अनिवार्य जडान गर्न भनिएको इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे पनि जरिबाना नहुने भएको छ । आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गई स्वस्फूर्त रूपमा जडान गर्न यातायात व्यवस्था विभागले अनुरोध गरेको छ ।

विभागले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरेर स्वस्फूर्त ढङ्गले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको हो । असोज १ गतेभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिबाना लाग्ने कुरालाई निराधार भन्दै भ्रममा नपर्न पनि आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “इस्बोस्ड नम्बर प्लेट सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिबाना वा कारबाहीमा परिने भन्ने भ्रमसमेत उत्पन्न भएकाले तत्काललाई कुनै किसिमको दण्ड/जरिबाना नगरिने बेहोरा स्पष्ट पारिन्छ ।”

इम्बोस्ड नम्बर प्लेट जडानका लागि विभाग एवं प्रदेश कार्यालयहरूमा सेवाग्राहीको सहजताका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापनको काम भइरहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिएको अङ्ग्रेजी लिपिबारे विभागले प्रस्ट पारेको छ । ठेक्का सम्झौतामा उल्लेख भएबमोजिम सर्वोच्च अदालतको संवैधानिक इजलासबाट समेत त्रुटि नदेखाइएको भन्दै विभागले त्यसलाई उचित भनेको छ । सवारीचालक अनुमतिपत्र, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका कागजातमा समेत अङ्ग्रेजी लिपि प्रयोग भएको विभागले स्मरण गराएको छ ।

नागरिकस्तरबाट विरोध भएपछि विभागले हाललाई अनिवार्य नगरिएको भन्दै विज्ञप्ति जारी गरेको हो । तर साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।

2