Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दसैँमा हवाई भाडा महँगो

दसैँमा हवाई भाडा महँगो
अ+ अ-

धनगढी – दसैँ नजिकिएसँगै काठमाडौँ–धनगढी हवाई भाडा एक्कासि बढेको छ । सामान्य अवस्थामा साढे सात हजार रुपियाँ टिकट रहँदै आएकोमा चाडपर्वका बेलामा विमान कम्पनीले भाडा बढाएका छन् । चाडपर्व नजिकिँदा ओहोरदोहोर गर्ने यात्रुको चाप बढेपछि १२ हजार रुपियाँभन्दा कममा टिकट पाइनै छाडेको यात्रुले गुनासो गरेका छन् । उनीहरूका अनुसार विमान कम्पनीले १६ हजार रुपियाँसम्मका टिकट बिक्री गर्न थालेका छन् ।

विमान कम्पनीले चाडपर्वको मौका छोपेर मनपरी गर्न थालेको धनगढीका खगेन्द्र साउदले बताउनुभयो । अरूबेला साढे सात हजारमा यात्रु उडाउने विमान कम्पनीले चाडपर्वको बेला भाडा बढाउँदा पनि नियमन गर्ने निकाय मौन रहेको उहाँको गुनासो छ । धनगढी विमानस्थल कार्यालयका अनुसार अचेल काठमाडौँ–धनगढी दैनिक आठ वटा उडान भइरहेको छ । छ उडान श्री एयरलाइन्सले र दुई वटा उडान बुद्ध एयरले गरिरहेको विमानस्थल प्रमुख बालकुमार सिंहले बताउनुभयो ।

2