Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

जर्मनीले पौने सात अर्बको सहयोग गर्ने

जर्मनीले पौने सात अर्बको सहयोग गर्ने
अ+ अ-

काठमाडौँ- नेपालको विद्युत् पूर्वाधार स्तरोन्नति र स्वास्थ्य, कृषि, सुशासन तथा समावेशी विकासको क्षेत्रमा जर्मन सरकारले चार करोड १० लाख युरो (करिब छ अर्ब ७६ करोड रुपियाँ) सहायता प्रदान गर्ने भएको छ । यसका लागि वित्तीय र प्राविधिक सहयोगसम्बन्धी दुई सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।

नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, सुशासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने गरी सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारका तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गर्नुभयो ।

वित्तीय सहयोग सम्झौता अन्तर्गत जर्मन सरकारले विद्युत् वितरण सबलीकरण परियोजनाका लागि दुई करोड युरोसम्मको सहायता प्रतिबद्धता जनाएको छ । “सो परियोजना नेपालको विद्युत् वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुने छ,” अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन हुने यस परियोजनाले देशभर भरपर्दो र प्रभावकारी विद्युत् सेवा सुनिश्चित गर्ने छ ।” पाँच वर्षभित्र सम्पन्न हुने यस कार्यका लागि नेपाल विद्युत् प्राधिकरण र जर्मन विकास बैङ्कबिच कार्यान्वयन सम्झौता पनि हुने जनाइएको छ । प्राविधिक सहयोग अन्तर्गत दुई करोड १० करोड युरोसम्मको अनुमानित प्रतिबद्धतासहित जर्मनीले लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीतिका लागि स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई थप स्तरीय बनाइने उल्लेख छ ।

त्यस्तै कृषि तथा निजी क्षेत्र विकासमा, समावेशी र जलवायु उत्थानशील आर्थिक विकासलाई प्रवर्धन गर्ने ग्रेप कार्यक्रमलाई पनि यसमा समावेश गरिएको छ । त्यस्तै दिगो विकासमा योगदान पु¥याउने गरी सुशासन, राजस्व क्षेत्र सुधारमा आधारित परियोजना अघि बढाइने अर्थ मन्त्रालयले जनाएको छ । यस प्राविधिक सहायता सम्झौताको कार्यान्वयनसमेत पाँच वर्षभित्र अर्थात् ६ सेप्टेम्बर २०२९ सम्म सम्पन्न हुने उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यी सम्झौताले नेपाल–जर्मनी सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिविम्बित गर्ने र समावेशी तथा दिगो विकासप्रतिको साझा प्रतिबद्धता दर्साउने बताउनुभयो । उहाँले जर्मन सरकार तथा जर्मन जनतालाई नेपालको सामाजिक तथा आर्थिक विकासमा पु¥याएको दीर्घकालीन सहकार्य र महत्वपूर्ण योगदानप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको बताउनुभयो ।

2