Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

क्षतिबापत डेढ अर्ब भुक्तानी, सम्पत्ति बिमाबापत सबैभन्दा धेरै भुक्तानी

क्षतिबापत डेढ अर्ब भुक्तानी, सम्पत्ति बिमाबापत सबैभन्दा धेरै भुक्तानी
अ+ अ-

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको डेढ अर्बभन्दा बढी रुपियाँ भुक्तानी भएको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म परेको दाबीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपियाँ भुक्तानी भइसकेको हो । प्राधिकरणका अनुसार अहिलेसम्म दर्ता भएका तीन हजार ९९ वटा दाबीबापत २४ अर्ब ८१ करोड ४३ लाख रुपियाँ बराबरको दाबी माग आएको छ । भुक्तानीपछि १४ वटा निर्जीवन बिमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीले २३ अर्ब २२ करोड ८७ लाख रुपियाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

सम्पत्ति बिमा दाबीको मूल्याङ्कन एवं अनुगमनका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरबाट हालसम्ममा ५२ वटा सर्भे प्रतिवेदन प्राप्त भएको निर्जीवन बिमकहरूले जानकारी दिएको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बताउनुभयो ।

बिमा दाबीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सम्पत्ति बिमाबापतको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यस्तै सङ्ख्याको आधारमा धेरै मोटर बिमाबापतको भुक्तानी भएको छ । सम्पत्ति बिमामा ६५३ वटा दाबी परेकोमा हालसम्म एक अर्ब ३२ करोड ७२ लाख रुपियाँ भुक्तानी भइसकेको छ । सम्पत्ति बिमा अन्तर्गत १९ अर्ब छ करोड ७६ लाख रुपियाँ दाबी परेको थियो ।

मोटर बिमामा दुई हजार २०६ वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानीसमेत गरी करिब २४ करोड ९१ लाख दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । मोटर बिमा अन्तर्गत करिब तीन अर्ब ४१ करोड छ लाख रुपियाँ दाबी परेको थियो ।

आन्दोलनका क्रममा मोटरमा भएको क्षतिको मूल्याङ्कन एवं अनुगमनका लागि एक हजार ९३९ वटा दाबीका लागि बिमा सर्भेयर खटाइएको र सर्भेयरले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको जानकारी बिमकले दिएका छन् ।

यस्तै इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ ३८ करोड तीन लाख रुपियाँ दाबी परेकोमा अहिलेसम्म करिब ८७ लाख रुपियाँ दाबी भुक्तानी भएको प्राधिकरणको तथ्याङ्क छ । यस किसिमको क्षति मूल्याङ्कन एवं अनुगमनका लागि १२६ वटा दाबीका लागि बिमा सर्भेयर खटाइसकिएको र सर्भेयरबाट हालसम्ममा पाँच वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बिमकले दिएका छन् ।

यसै गरी परिवहन बिमातर्फ बिमा दाबी १२ वटा र दाबी रकम करिब एक करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवं अनुगमनका लागि बिमकले ११ वटा दाबीका लागि बिमा सर्भेयर खटाएको प्राधिकरणले जनाएको छ ।

अन्य बिमातर्फ बिमा दाबी ३८ वटा परी दाबी रकम करिब ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिब पाँच लाख ५० हजार दाबी भुक्तानी भएको जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

अन्य बिमातर्फको क्षतिको मूल्याङ्कन एवं अनुगमनका लागि ३६ वटा दाबीका लागि बिमा सर्भेयर खटाइएको र सर्भेयरबाट तीन वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बिमा कम्पनीले दिएका छन् । प्राधिकरणले बिमकबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन गरिरहेको उल्लेख गरेको छ ।

2