Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

‘पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन हुँदैन’

‘पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन हुँदैन’
A A+ A-

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्रमा रूपान्तरण गर्न नहुने बताउनुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको कोष सञ्चालक परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले धार्मिक संस्थामा धार्मिक र आस्थावान व्यक्ति नै आवश्यक हुने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्नु गलत हुने धारणा राख्नुभएको हो।

प्रधानमन्त्री कार्की हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत हुनुहुन्छ, सो पदका हैसियतमा उहाँले कोष सञ्चालक परिषद्को बैठकको अध्यक्षता गर्नुभएको हो ।

उहाँले बैठकमा भन्नुभयो, “धार्मिक संस्थाका आफ्नै नियम, मूल्य र परम्परा हुन्छन्। यी हाम्रा मौलिक संस्कृति र विश्वासका प्रतीक हुन्। पशुपतिनाथ संसारभरिका हिन्दूहरूको आस्थाको केन्द्र हो। यस्तो पवित्र स्थानमा राजनीतिको छायाँ पर्नु दुर्भाग्यपूर्ण हुने छ।”

प्रधानमन्त्री कार्कीले थप भन्नुभयो, “पशुपति क्षेत्र विकास कोषलाई दलका कार्यकर्ता भर्ती गर्ने केन्द्र बनाउने प्रयास गलत हो। यहाँ कार्यरत व्यक्तिहरू धार्मिक आस्था र निष्ठासँग जोडिएका हुनुपर्छ। राजनीतिक विचारभन्दा माथि उठेर धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्छ।”

कानुन अनुसार कोषको सञ्चालन र रेखदेखका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा सञ्चालक परिषद् रहने व्यवस्था छ। सोही परिषद्को बैठकमा प्रधानमन्त्री कार्कीले कोषलाई धार्मिक आस्थाको केन्द्रका रूपमा मजबुत बनाउन सबै सरोकारवालालाई आह्वान गर्नुभएको छ।

2