Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एमसिसीको प्रसारण लाइनमा संरचना बनाउन नपाइने

एमसिसीको प्रसारण लाइनमा संरचना बनाउन नपाइने
अ+ अ-

काठमाडौँ- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले निर्माण गर्ने प्रसारण लाइन आसपासमा कुनै पनि संरचना निर्माण गर्न नपाइने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले एमसिए नेपालले निर्माण गर्ने प्रसारण लाइनको मध्यरेखाबाट २३ मिटर दायाँबायाँ पर्ने जग्गामा कुनै पनि प्रकारको संरचना निर्माण गर्न नपाउने गरी निषेध गरेको हो । त्यस्तै तोकिएको क्षेत्रमा रुख पनि रोप्न नपाउने मन्त्रीपरिषद्को निर्णय छ ।

नेपाल र संयुक्त राज्य अमेरिकाको अनुदान सहायतामा एमसिए नेपालले विभिन्न जिल्लामा पर्ने गरी चार सय केभी विद्युत् प्रसारण लाइन बनाउने क्रममा छ । उक्त प्रसारण लाइन पर्ने नवलपरासी (बर्दघाट सुस्तापश्चिम), नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट र मकवानपरमा पर्ने एक हजार ३८१ हेक्टर क्षेत्रफलको जग्गाको दायाँबायाँ संरचना बनाउन नपाउने निर्णय मन्त्रीपरिषद्ले गरेको हो । यससँगै प्रसारण लाइन बनाउने अवरोध पनि एमसिए नेपालका लागि खुलेको छ ।

अमेरिकी सरकारको ५० करोड डलर अनुदान र नेपालको १९ करोड ७० लाख डलर लगानीमा चार सय केभीको प्रसारण लाइन तथा सडक स्तरोन्नति काम यस परियोजना अन्तर्गत हुने छ । जसलाई एमसिए नेपालले कार्यान्वयन गर्दै छ ।

2