काठमाडौँ- नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९५ पैसा र बिक्रीदर १४४ रुपियाँ ५५ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ २४ पैसा र बिक्रीदर १६८ रुपियाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ९० पैसा र बिक्रीदर १९४ रुपियाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपियाँ ६४ पैसा र बिक्रीदर १८१ रुपियाँ ३९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ५८ पैसा र बिक्रीदर ९६ रुपियाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ७५ पैसा र बिक्रीदर १०४ रुपियाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ९४ पैसा र बिक्रीदर ११२ रुपियाँ ४१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १२ पैसा र बिक्रीदर नौ रुपियाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ६४ पैसा र बिक्रीदर २० रुपियाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ३९ पैसा र बिक्रीदर ३८ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३९ रुपियाँ ५५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ १९ पैसा र बिक्रीदर ३९ रुपियाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४३ पैसा र बिक्रीदर ३५ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८१ पैसा र बिक्रीदर ९ रुपियाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६९ पैसा र बिक्रीदर १५ रुपियाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ५१ पैसा र बिक्रीदर २२ रुपियाँ ६१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ४६ पैसा र बिक्रीदर १८ रुपियाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपियाँ ७३ पैसा र बिक्रीदर ४७२ रुपियाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ८६ पैसा र बिक्रीदर ३८३ रुपियाँ ४५ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ ९१ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४६ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।