Logo

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ९२ पैसा र बिक्रीदर १४८ रुपियाँ ५२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपियाँ ५९ पैसा र बिक्रीदर १७१ रुपियाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपियाँ ४५ पैसा र बिक्रीदर १९८ रुपियाँ २५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ ११ पैसा र बिक्रीदर १८८ रुपियाँ ८७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ ९२ पैसा र बिक्रीदर १०५ रुपियाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ र बिक्रीदर १०८ रुपियाँ ४४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ७८ पैसा र बिक्रीदर ११६ रुपियाँ २४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ३० पैसा र बिक्रीदर नौ रुपियाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ४० पैसा र बिक्रीदर ३९ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ४७ पैसा र बिक्रीदर ४० रुपियाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ २७ पैसा र बिक्रीदर ४० रुपियाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ७७ पैसा र बिक्रीदर ३७ रुपियाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९१ पैसा र बिक्रीदर १० रुपियाँ ९५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८८ पैसा र बिक्रीदर १५ रुपियाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८३ पैसा र बिक्रीदर २२ रुपियाँ ९२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८७ पैसा र बिक्रीदर १८ रुपियाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपियाँ ४५ पैसा र बिक्रीदर ४८४ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपियाँ ७४ पैसा र बिक्रीदर ३९३ रुपियाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपियाँ २१ पैसा र बिक्रीदर ३८५ रुपियाँ ७७ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।