Logo

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ १२ पैसा र बिक्रीदर १७३ रुपियाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपियाँ ३८ पैसा र बिक्रीदर २०१ रुपियाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ०१ पैसा र बिक्रीदर १९० रुपियाँ ७७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ ८९ पैसा र बिक्रीदर १०६ रुपियाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ०४ पैसा र बिक्रीदर १०९ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ०१ पैसा र बिक्रीदर ११७ रुपियाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ७३ पैसा र बिक्रीदर २१ रुपियाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ८५ पैसा र बिक्रीदर ४० रुपियाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ९४ पैसा र बिक्रीदर ४१ रुपियाँ ११ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ७४ पैसा र बिक्रीदर ४० रुपियाँ ९१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०७ पैसा र बिक्रीदर १६ रुपियाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १७ पैसा र बिक्रीदर २३ रुपियाँ २६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ १० पैसा र बिक्रीदर १९ रुपियाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपियाँ ०६ पैसा र बिक्रीदर ४९० रुपियाँ ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपियाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपियाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रुपियाँ ६८ पैसा र बिक्रीदर ३९० रुपियाँ २३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।