Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन
अ+ अ-

बागलुङ – चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थियो ।

गण्डकी प्रदेशको प्रमुख सक्तिपिठ मध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैतेदसैँको अवसरमा यसवर्ष आएका सात लाखभन्दा बढी दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते रु एक लाख १७ हजार, चैत ६ गते रु एक लाख ५३ हजार, चैत ७ गते रु चार लाख ३८ हजार, चैत ८ गते रु एक लाख ७० हजार, चैत ९ गते रु एक लाख ७१ हजार तथा चैत १० गते रु चार लाख ९२ हजार सङ्कलन भएको थियो ।

यस्तै चैत ११ गते रु तीन लाख, चैतेदसैँको मुख्य दिन चैत १२ गते रु १० लाख ४४ हजार सङ्कलन भएको अध्यक्ष खड्काले बताउनुभयो । नवमीको दिन रु चार लाख ८० हजार र दशमीको दिन रु तीन लाख ५५ हजार ७३५ सङ्कलन भएको छ ।

“चैतेदसैँको मुख्य दिनमा सबैभन्दा धेरै भक्तजन र धेरैै भेटी सङ्कलन भएको छ विगतका वर्षाहरूको तुलनामा यो वर्ष पाँच लाख मात्रै भेटीमा कमी आएको छ, वर्षाको कारणले केही भक्तजनमा कमी आएको थियो”, अध्यक्ष खड्काले भन्नुभयो, “अष्टमीमा एकै दिन चार लाखभन्दा बढी भक्तजन आए, ट्राफिक व्यवस्थापनमा हम्मेहम्मे प¥यो ।”

बागलुङ कालिका मन्दिरमा वडा दसैँ र चैतेदसैँ अनि शनिबार तथा मङ्गलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट कमाइ हुने गरेको छ । मन्दिरमा परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरबाट आम्दानी जोडिने गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

विसं १५९१ मा पर्वते राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गर्नुभएको थियो । विवाहमा राजकुमारीले आफूसँगै दाइजोको रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थानसम्म ल्याइएको थियो । राजकुमारी कालिका देवी भएको अनन्य भक्त हुनुहुन्थ्यो । त्यही कालिका देवीको मूर्ति अहिले कालिका मन्दिर रहेको स्थानमा ल्याएर बिसाइएको थियो ।

2