Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

३३ प्रतिशतले बढ्यो ताप्लेजुङको हवाई भाडा

३३ प्रतिशतले बढ्यो ताप्लेजुङको हवाई भाडा
अ+ अ-

फुङलिङ- काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३ प्रतिशतले वृद्धि भएको छ । सोमबारबाट लागू हुनेगरी काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३.२६ प्रतिशतले वृद्धि भएको हो ।

पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धिसँगै हवाई इन्धनको मूल्य बढेकाले हवाई भाडा दर समेत बढेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कार्कीले बताउनुभयो । उहाँका अनुसार साविकको मूल्यभन्दा काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि तीन हजार ७५ रुपियाँ भाडा वृद्धि भएको छ ।

ताप्लेजुङबाट काठमाडौँका लागि १२ हजार १२० रुपियाँ र काठमाडौँबाट ताप्लेजुङका लागि १२ हजार ३२० रुपियाँ नयाँ भाडादर निर्धारण भई आएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले बताउनुभयो । यसअघि प्रतिव्यक्ति नौ हजार २४५ रुपियाँ भाडादर कायम भएको थियो ।

नयाँ भाडादर कायम भएसँगै ताप्लेजुङको लागि उडान तालिका समेत कटौती भएको छ । यसअघि सातामा तीन पटक उडान हुँदैआएको अब दुई पटक मात्र उडान हुने बताइएको छ । स्टेसन इन्चार्ज कार्कीका अनुसार साताको सोमबार र शुक्रबार मात्र उडान तालिका कायम भएको छ । बुधबारको उडान तालिका कटौतीमा परेको उहाँको भनाइ छ । अप्रिल महिनाका लागि सातामा दुई पटक मात्र उडान तालिका आएको त्यसपछि पुनः थप हुने वा नहुने भन्ने पछि नै निर्णय हुने इन्चार्ज कार्कीले बताउनुभयो ।

2