Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तनहुँका क्रसरमा अनुगमनः चार उद्योगको बिजुली काटियो

तनहुँका क्रसरमा अनुगमनः चार उद्योगको बिजुली काटियो
अ+ अ-

तनहुँ- तनहुँ जिल्लामा सञ्चालित क्रसर उद्योगहरूले वातावरणीय मापदण्ड र सञ्चालन प्रक्रिया पालना गरे/नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले आकस्मिक अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा आवश्यक प्रक्रिया र नियम पूरा नगरेको पाइएपछि चार वटा क्रसर उद्योगको विद्युत् लाइन काटिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा आइतबार खटिएको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा रहेका उद्योगहरूको स्थलगत निरीक्षण गरेको थियो । सो क्रममा व्यास नगरपालिका–१३ बेलबासमा रहेका दुई, ऋषिङ गाउँपालिका–१ झापुटारको एक र आँबुखैरेनी गाउँपालिकाको सत्रसय क्षेत्रमा सञ्चालित एक गरी चार वटा उद्योगले कानुनी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि तत्काल विद्युत् लाइन काट्न निर्देशन दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी तिवारीले लामो समयदेखि क्रसर उद्योगहरूले मापदण्ड पालना नगरेको र राजस्व चुहावट गरेको गुनासो आएपछि हामीले अनुगमन गरिएको बताउनुभयो । अनुगमनका क्रममा कैफियत देखिएका उद्योगहरूलाई तत्काल कारबाही प्रक्रिया अघि बढाइएको छ र मापदण्ड पूरा नगरेसम्म विद्युत् सुचारु नहुने प्रशासनले जनाएको छ । अनुगमन टोलीले केही उद्योगका महत्वपूर्ण कागजातहरू समेत नियन्त्रणमा लिएको छ । ती उद्योगहरूलाई तीन दिनभित्र आवश्यक प्रमाणसहित उपस्थित हुन निर्देशन दिइएको छ । टोलीमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला समन्वय समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

जिल्लामा झण्डै तीन दर्जन क्रसर उद्योग सञ्चालनमा रहे पनि अधिकांशले आवश्यक मापदण्ड पूरा नगरी काम गरिरहेको प्रारम्भिक अनुगमनले देखाएको छ । प्रशासनले उजुरीका आधारमा मात्र नभई अब नियमित रूपमा यस्ता अनुगमनलाई निरन्तरता दिने र अवैध रूपमा सञ्चालित उद्योगमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ । अनुगमन जारी राखिने प्रशासनले जनाएको छ ।

2