Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अर्थमन्त्री वाग्ले विराटनगरका उद्योगीसँग छलफल गर्दै

अर्थमन्त्री वाग्ले विराटनगरका उद्योगीसँग छलफल गर्दै
अ+ अ-

विराटनगर- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी गरिरहेको बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मङ्गलबार विराटनगरका उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया गरी सुझाव संकलन गर्ने हुनुभएको छ ।

राजस्व परामर्श समितिको आयोजनामा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुन अर्थमन्त्री वाग्ले विराटनगर आउँदै हुनुहुन्छ ।

अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक विराटनगरका उद्योगी व्यवसायीहरूसँग औपचारिक छलफल गर्न लाग्नुभएका वाग्लेले विशेषगरी राजस्वको क्षेत्रमा गर्नुपर्ने सुधार र उद्योग तथा व्यापार क्षेत्रमा सरकारले लिनुपर्ने आगामी नीतिका बारेमा सुझाव संकलन गर्नुहुने बताइएको छ । विराटनगरमा क्रियाशील उद्योग वाणिज्य संघहरुले औपचारिक रुपमा अर्थमन्त्री वाग्लेलाई सुझावहरु दिने तयारी गरेका छन् ।

मोरङ उद्योग व्यापार संघको ‘समृद्धि हल’ मा दिउँसो १ः३० बजेदेखि सुरु हुने सो कार्यक्रममा कोशी प्रदेशका प्रमुख व्यावसायिक संस्थाहरूको सहभागिता रहने आयोजक संस्था मोरङ उद्योग व्यापार संघले जनाएको छ ।

छलफलमा विराटनगरका दुई ठुला व्यावसायिक संस्था मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले दुई छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छन् । ती कार्यपत्रमार्फत उद्योगीहरूले विद्यमान आर्थिक अवस्था, राजस्वका दरहरूमा हुनुपर्ने परिमार्जन र औद्योगिक वातावरण सुधारका लागि बजेटमा समेटिनुपर्ने विषयमा ठोस सुझाव दिनेछन् ।

कार्यक्रममा मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसमेतको सहभागीता रहने बताइएको छ ।

2