Logo

सुनचाँदीको मूल्य घट्यो

अ+ अ-

काठमाडौँ, चैत २६ गते । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला ४ हजार ३०० र चाँदी तोलामा  १५० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८७५ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २५ कायम भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८२० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।