काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ०७ पैसा र बिक्रीदर १४८ रुपियाँ ६७ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ५४ पैसा र बिक्रीदर १७४ रुपियाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपियाँ ३३ पैसा र बिक्रीदर २०० रुपियाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ ६३ पैसा र बिक्रीदर १८८ रुपियाँ ३९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ ५७ पैसा र बिक्रीदर १०४ रुपियाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ९८ पैसा र बिक्रीदर १०७ रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ २३ पैसा र बिक्रीदर ११६ रुपियाँ ७० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३० पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ६९ पैसा र बिक्रीदर २१ रुपियाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ४६ पैसा र बिक्रीदर ३९ रुपियाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ६२ पैसा र बिक्रीदर ४० रुपियाँ ७८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ३१ पैसा र बिक्रीदर ४० रुपियाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३४ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ९७ पैसा र बिक्रीदर १० रुपियाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९८ पैसा र बिक्रीदर १६ रुपियाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ २३ पैसा र बिक्रीदर २३ रुपियाँ ३३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ९१ पैसा र बिक्रीदर १८ रुपियाँ ९८ पैसा, कुवेती दिनार एकको खरिददर ४८३ रुपियाँ २६ पैसा र बिक्रीदर ४८५ रुपियाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रुपियाँ ७६ पैसा र बिक्रीदर ३९४ रुपियाँ ३५ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपियाँ १० पैसा र बिक्रीदर ३८६ रुपियाँ ६६ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।