काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन प्रतितोला २९ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार ६५ रुपैयाँ कायम भएको थियो ।