Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अ+ अ-

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीतभण्डार निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मुद्दा दायर गरिएकाहरूमा तत्कालीन सचिव अधिकारीसहित वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह–लेखापाल अजय मिश्र रहनुभएको छ ।

त्यसैगरी विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापकहरू क्रमशः अशोक कुमार तिवारी, जयराम गडेरिया, अशोक कुमार त्रिपाठी, दुर्गाप्रसाद कुर्मी, जितेन्द्र यादव, कृष्णकुमार सिंह, फुलमन भर र ओम प्रकाश गुप्ताविरुद्ध पनि मुद्दा दायर गरिएको छ । आयोगले मृतक श्याम सुन्दर यादवकी हकवाला श्रीमती इनरावती यादव र कतबारु गोसाईकी हकवाला श्रीमती राजपति गोसाई तथा मेगा माइण्डस् आर्किटेक्स एण्ड स्ट्रक्चर प्रा. लि. का सञ्चालक सुगम कोइरालाई पनि प्रतिवादी बनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सम्मरीमाई गाउँपालिका वडा नं. ४ सिद्धनाथस्थित शीतभण्डार निर्माण योजनामा प्रचलित कानुन विपरीत सम्झौता गरी कार्य नै पूरा नगरी भुक्तानी लिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ७१ लाख ९७ हजार ९८० रुपियाँ बिगो कायम गरेको छ । उक्त बिगो असुलउपर गरी कैद र जरिवानाको सजाय मागदाबीसहित आरोपपत्र दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

2