काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य घटेको छ। नेप्से १.२० अंकले ओरालो लाग्दै २६८४.३३ विन्दुमा बन्द भएको हो।
आज ३४९ कम्पनीका १ करोड १४ लाख कित्ता सेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।
कारोबारमा १२६ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। दिनभर उतारचढाव देखिएको बजार अन्त्यमा सामान्य गिरावटसहित बन्द भएको हो।
समूहगत परिसूचकतर्फ कुनै पनि क्षेत्रमा उल्लेखनीय उतारचढाव देखिएन।
आजको कारोबारमा इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाए। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता १५०५.६० रुपैयाँ पुगेको छ। यता रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य सबैभन्दा धेरै ७.४० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। कम्पनीको २७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १९ करोड ४९ लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको १७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
