Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

लगानी बोर्डको सीईओमा अर्थशास्त्री यांकी उक्याब नियुक्त

अ+ अ-

काठमाडौं। सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आठ जनाको नाम सर्टलिस्टमा समावेश गरेको थियो। तीमध्ये उक्याब अन्तिम छनोटमा परेकी हुन्।

सरकारले गठन गरेको सिफारिस समितिले गत जेठ २९ गते लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत छनोट प्रक्रिया सुरु गरेको थियो। त्यसपछि मूल्यांकन र छनोट प्रक्रियापछि मन्त्रिपरिषद्ले उक्याबलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

2