Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

एनसेलको मनसुन अफर, प्याक र सिम खरिदमा २० प्रतिशतसम्म क्यासब्याक

एनसेलको मनसुन अफर, प्याक र सिम खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
A A+ A-

काठमाडौं। एनसेलले मनसुन लक्षित नयाँ अफर सार्वजनिक गर्दै योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्ने ग्राहकलाई ५ देखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक दिने योजना ल्याएको छ।

कम्पनीका अनुसार अफरअन्तर्गत सहभागी हुन प्रिपेड ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्नेछ। प्याक सक्रिय गरेपछि ग्राहकले एसएमएसमार्फत रिवार्डको सूचना प्राप्त गर्नेछन् र क्यासब्याक रकम एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ।

ग्राहकले प्राप्त भएको क्यासब्याक २४ घण्टाभित्र दाबी गर्नुपर्नेछ भने रिवार्ड जारी भएको एक साताभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ।

एनसेलका अनुसार प्रत्येक योग्य प्याक वा नयाँ सिम खरिद गर्दा क्यासब्याक प्राप्त गर्न सकिनेछ। यद्यपि, यो रिवार्ड अर्को व्यक्तिलाई हस्तान्तरण गर्न वा नगदमा साट्न भने मिल्ने छैन। ग्राहकले विभिन्न खरिदबाट प्राप्त क्यासब्याक भने जम्मा गरेर प्रयोग गर्न सक्नेछन्।

अफरअन्तर्गत ५० देखि ९९ रुपैयाँसम्मका प्याकमा ५ प्रतिशत, १०० देखि २०० रुपैयाँसम्मका प्याकमा १० प्रतिशत, २०१ देखि ४९९ रुपैयाँसम्मका प्याकमा १५ प्रतिशत र ५०० रुपैयाँ वा सोभन्दा माथिका प्याकमा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले मनसुन अफर ल्याइएको बताउँदै यसले सेवाको अनुभवसँगै बचतको अवसर पनि बढाउने विश्वास व्यक्त गरे।

2