Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

सेना प्रमुखदेखि सिपाहीसम्म नयाँ तलब, कसको कति बढ्यो ?

सेना प्रमुखदेखि सिपाहीसम्म नयाँ तलब, कसको कति बढ्यो ?
A A+ A-

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयले नेपाली सेनाका सकल दर्जाका लागि नयाँ तलबमान स्वीकृत गरेको छ । मन्त्रालयको पछिल्लो निर्णयअनुसार परिमार्जित तलब साउन महिनादेखि लागू हुने गरी सार्वजनिक गरिएको हो ।

नयाँ तलबमान अनुसार नेपाली सेनाको सर्वोच्च पद प्रधान सेनापतिको कुल तलब ९० हजार ५ सय ९४ रुपैयाँ पुगेको छ । त्यस्तै, रथीको ८७ हजार ८५ रुपैयाँ र उपरथीको ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ ।

सैनिक अधिकृततर्फ महा सेनानीको ७२ हजार ८ सय ७६, प्रमुख सेनानीको ६९ हजार ९ र सेनानीको ६७ हजार ९ सय ७ रुपैयाँ कुल तलब पुगेको छ । जुनियर अधिकृततर्फ प्रमुख सुवेदारको ४९ हजार ६ सय ७ र सुवेदारको ४७ हजार १ सय १४ रुपैयाँ कायम भएको छ ।

नेपाली सेनाका सिपाहीको कुल तलब अब ३६ हजार ३ सय ३८ रुपैयाँ पुगेको छ । त्यस्तै अमलदारको ३७ हजार ४ सय ५७ र प्युठको ३७ हजार १ सय १३ रुपैयाँ पुगेको छ । नयाँ भर्ना हुने रिक्रुटको तलब २७ हजार १ सय ७२ रुपैयाँ तोकिएको छ भने नन् कम्ब्याटेण्टको कुल तलब ३६ हजार २ सय ३२ रुपैयाँ कायम भएको छ ।

विमान सम्भार (एभिएसन) समूहतर्फका प्राविधिकहरूको तलब अन्यको तुलनामा बढी देखिएको छ । एभिएसनतर्फका सहायक रथीको कुल तलब ९० हजार ७ सय ६३ रुपैयाँ पुगेको छ भने पाइलट उप रथीको ९० हजार ५ सय ९ रुपैयाँ रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार यो कायम गरिएको जम्मा रकममा कर्मचारीले पाउने ग्रेड र अन्य सुविधाहरू समेत समावेश गरी गणना गरिएको हो । यो नयाँ तलबमान साउन १ गतेदेखि नै लागू हुने गरी कार्यान्वयनमा ल्याइएको छ ।

2