Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सेना प्रमुखदेखि सिपाहीसम्म नयाँ तलब, कसको कति बढ्यो ?

अ+ अ-

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयले नेपाली सेनाका सकल दर्जाका लागि नयाँ तलबमान स्वीकृत गरेको छ । मन्त्रालयको पछिल्लो निर्णयअनुसार परिमार्जित तलब साउन महिनादेखि लागू हुने गरी सार्वजनिक गरिएको हो ।

नयाँ तलबमान अनुसार नेपाली सेनाको सर्वोच्च पद प्रधान सेनापतिको कुल तलब ९० हजार ५ सय ९४ रुपैयाँ पुगेको छ । त्यस्तै, रथीको ८७ हजार ८५ रुपैयाँ र उपरथीको ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ ।

सैनिक अधिकृततर्फ महा सेनानीको ७२ हजार ८ सय ७६, प्रमुख सेनानीको ६९ हजार ९ र सेनानीको ६७ हजार ९ सय ७ रुपैयाँ कुल तलब पुगेको छ । जुनियर अधिकृततर्फ प्रमुख सुवेदारको ४९ हजार ६ सय ७ र सुवेदारको ४७ हजार १ सय १४ रुपैयाँ कायम भएको छ ।

नेपाली सेनाका सिपाहीको कुल तलब अब ३६ हजार ३ सय ३८ रुपैयाँ पुगेको छ । त्यस्तै अमलदारको ३७ हजार ४ सय ५७ र प्युठको ३७ हजार १ सय १३ रुपैयाँ पुगेको छ । नयाँ भर्ना हुने रिक्रुटको तलब २७ हजार १ सय ७२ रुपैयाँ तोकिएको छ भने नन् कम्ब्याटेण्टको कुल तलब ३६ हजार २ सय ३२ रुपैयाँ कायम भएको छ ।

विमान सम्भार (एभिएसन) समूहतर्फका प्राविधिकहरूको तलब अन्यको तुलनामा बढी देखिएको छ । एभिएसनतर्फका सहायक रथीको कुल तलब ९० हजार ७ सय ६३ रुपैयाँ पुगेको छ भने पाइलट उप रथीको ९० हजार ५ सय ९ रुपैयाँ रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार यो कायम गरिएको जम्मा रकममा कर्मचारीले पाउने ग्रेड र अन्य सुविधाहरू समेत समावेश गरी गणना गरिएको हो । यो नयाँ तलबमान साउन १ गतेदेखि नै लागू हुने गरी कार्यान्वयनमा ल्याइएको छ ।

2