udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एपीएफको नयाँ तलब सार्वजनिक, जवानको तलब ३६ हजार पुग्यो

एपीएफको नयाँ तलब सार्वजनिक, जवानको तलब ३६ हजार पुग्यो
A A+ A-

नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ), नेपालका लागि नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयद्वारा जारी गरिएको परिपत्रअनुसार सशस्त्र प्रहरीका सबै दर्जाको तलबमा परिमार्जन गरिएको हो ।

सार्वजनिक गरिएको नयाँ सूचीअनुसार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) को कुल तलब (कायम जम्मा) ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ । त्यस्तै, सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को तलब ७३ हजार ७ सय ५० र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ७० हजार ७ सय ९४ रुपैयाँ कायम भएको छ ।

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कुल तलब ६० हजार ८ सय ७४ रुपैयाँ तोकिएको छ । जुनियर अधिकृततर्फ सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकको ४८ हजार १ सय ४ र नायब निरीक्षकको ४५ हजार ८ सय ४१ रुपैयाँ पुगेको छ ।

नयाँ तलबमान अनुसार सशस्त्र प्रहरी जवानको कुल तलब ३६ हजार ३ सय ३८ रुपैयाँ कायम गरिएको छ । सशस्त्र प्रहरी हबल्दारको ३७ हजार ४ सय ५७ र सहायक हबल्दारको ३७ हजार १ रुपैयाँ पुगेको छ । श्रेणी विहीन रिक्रुटको तलब २७ हजार १ सय ७२ रुपैयाँ छ भने फलोवर्स (सयस समेत) को कुल तलब ३६ हजार २ सय ३२ रुपैयाँ पुगेको छ ।

सशस्त्र प्रहरी कार्यालय सहयोगीहरूको हकमा पाँचौँ स्तरको कुल तलब ४० हजार ९ सय ६२ र प्रथम स्तरको २८ हजार ९ सय ८४ रुपैयाँ कायम भएको छ ।

सरकारको यो निर्णयसँगै सशस्त्र प्रहरी बलमा कार्यरत हजारौँ सुरक्षाकर्मीहरूले साउन महिनादेखि नै वृद्धि भएको नयाँ तलब प्राप्त गर्नेछन् । यो कायम गरिएको जम्मा रकममा ग्रेड र प्रचलित भत्ताहरू समेत समावेश गरिएको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action