udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एभरेस्ट बैंकको नाफा ४.७५ प्रतिशत बढ्यो, निक्षेप र कर्जा दुवैमा विस्तार

एभरेस्ट बैंकको नाफा ४.७५ प्रतिशत बढ्यो, निक्षेप र कर्जा दुवैमा विस्तार
A A+ A-

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा सामान्य वृद्धि भएको छ भने निक्षेप, कर्जा र कुल सम्पत्तिमा पनि विस्तार भएको देखिएको छ।

बैंकका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म खुद नाफा ४.७५ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.९७ प्रतिशतले बढेर ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ब्याज आम्दानीमा सामान्य वृद्धि मात्रै भएको हो।

त्यस्तै, सञ्चालन नाफा ७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

बैंकको खुद वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ रहेको छ भने कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर वितरणयोग्य नाफा ३८ रुपैयाँ ३२ पैसा कायम रहेको बैंकले जनाएको छ।

वित्तीय विवरणअनुसार बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड १६ लाख रुपैयाँबाट बढेर १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र अन्य जगेडा कोषसहित बैंकको कुल इक्विटी ३५ अर्ब १९ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप ५.७६ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै कर्जा प्रवाह १०.३७ प्रतिशतले वृद्धि भई २ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको कुल सम्पत्तिको आकार ५.५३ प्रतिशतले बढेर ३ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ। समग्रमा बैंकले नाफासँगै निक्षेप, कर्जा र सम्पत्तिमा पनि सकारात्मक वृद्धि कायम राखेको देखिएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action