Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

त्रास होइन, स्पष्ट नीति चाहिएको होः हरि गौतम

त्रास होइन, स्पष्ट नीति चाहिएको होः हरि गौतम
अ+ अ-

काठमाडौं – राजनीतिक परिवर्तनसँगै मुलुकको आर्थिक दिशा, लगानीको वातावरण र निजी क्षेत्रको भूमिकाबारे नयाँ बहस सुरु भएको छ। यस्तो अवस्थामा उद्योग–व्यवसायीले सरकारसँग कस्तो आशा राखेका छन् त ? स्थानीय तहको कर प्रणालीदेखि लगानीमैत्री वातावरण, औद्योगिक विकास र अर्थतन्त्र पुनरुत्थानसम्मका विषयमा द बिजनेस नेपालका लागि हाम्रा सहकर्मीले वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमसँग गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

बालेन शाह नेतृत्वको नयाँ सरकारप्रति निजी क्षेत्रको मुख्य अपेक्षा के छ ?
निजी क्षेत्रले यो सरकारबाट नीतिगत स्थिरता, सुशासन र लगानीमैत्री वातावरणको आशा गरेको छ। उद्योग–व्यवसाय सञ्चालनमा रहेका अनावश्यक झन्झट हटाएर उत्पादन र रोजगारी बढाउने वातावरण बन्यो भने अर्थतन्त्रले छिट्टै गति लिन सक्छ। सरकार र निजी क्षेत्रबीच विश्वास र सहकार्य अझ मजबुत हुनुपर्छ भन्ने हाम्रो धारणा हो।

नयाँ सरकारप्रति केही व्यवसायीमा त्रास र केहीमा आशा देखिन्छ। तपाईंको बुझाइ के छ ?
परिवर्तनसँगै केही जिज्ञासा हुनु स्वाभाविक हो। तर कानुनको शासन कायम हुने हो भने इमानदार व्यवसायी डराउनुपर्ने अवस्था हुँदैन। सरकारले पारदर्शी नीति र समान व्यवहार अपनायो भने निजी क्षेत्रले पनि पूर्ण सहयोग गर्छ। हामी त्रासको होइन, स्पष्ट नीति र स्थिर वातावरणको पक्षमा छौं।

स्थानीय तहमा कर गुण्डागर्दी भएको गुनासो पटक–पटक उठ्ने गरेको छ। तपाईं यसलाई कसरी लिनुहुन्छ ?
केही स्थानीय तहमा कर र शुल्क निर्धारणका विषयमा व्यवसायीले असहजता महसुस गरेका उदाहरण छन्। कर प्रणाली वैज्ञानिक, पारदर्शी र पूर्वानुमानयोग्य हुनुपर्छ। व्यवसायीलाई परामर्शबिनै थप आर्थिक भार थोपर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। संवाद र समन्वयबाटै समाधान सम्भव छ।

वीरगञ्जलाई अझ प्रभावकारी औद्योगिक तथा व्यापारिक केन्द्र बनाउन के आवश्यक छ ?
भन्सार प्रणालीलाई थप प्रविधिमैत्री बनाउने, ढुवानी लागत घटाउने, औद्योगिक पूर्वाधार विस्तार गर्ने र ऊर्जा आपूर्ति भरपर्दो बनाउने काम आवश्यक छ। सीमावर्ती व्यापारलाई सहज बनाउन सके निर्यात पनि बढ्छ र नयाँ लगानी आकर्षित गर्न सकिन्छ। वीरगञ्जको विकासले राष्ट्रिय अर्थतन्त्रलाई प्रत्यक्ष टेवा पुर्‍याउँछ।

अहिले सरकार र निजी क्षेत्रलाई तपाईंको मुख्य सन्देश के छ ?
नेपालको अर्थतन्त्रलाई गति दिन सरकार र निजी क्षेत्रबीच साझेदारीको भावना आवश्यक छ। सरकार नीतिगत स्थिरता, सुशासन र लगानी संरक्षणमा केन्द्रित होस्, निजी क्षेत्र उत्पादन, रोजगारी र करदायित्वप्रति थप जिम्मेवार बनोस्। सहकार्य र विश्वासको वातावरण बनेमा आर्थिक रूपान्तरण सम्भव छ।

2