udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हुलास फिनसर्भको नाफा ८४ प्रतिशत बढ्यो

हुलास फिनसर्भको नाफा ८४ प्रतिशत बढ्यो
A A+ A-

काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षमा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको २१ करोड ६१ लाख ६९ हजार रुपैयाँको तुलनामा नाफा ८४.४५ प्रतिशतले बढेको हो ।

कम्पनीको व्यवसाय विस्तारसँगै खुद ब्याज आम्दानी र कर्जा प्रवाहमा वृद्धि भएपछि नाफामा सुधार आएको हो । गत आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी २२ करोड १० लाख रुपैयाँबाट बढेर ४८ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको कुल कर्जा प्रवाह ८ अर्ब २ करोड ५५ लाख रुपैयाँबाट बढेर १२ अर्ब २१ करोड ८५ लाख रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा कर्जा प्रवाह करिब ५२ प्रतिशतले बढेको कम्पनीको वित्तीय विवरणले देखाएको छ ।

आर्थिक क्षेत्रमा चुनौती र तरलता संकुचनका बाबजुद कम्पनीले निष्क्रिय कर्जा अनुपातसमेत घटाएको छ । अघिल्लो आर्थिक वर्षमा ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात गत आर्थिक वर्षमा घटेर १.८७ प्रतिशतमा झरेको छ ।

कम्पनीले अन्डरराइटिङ मापदण्डमा गरिएको कडाइ र सुरुवाती चरणमै अपनाइएको असुली रणनीतिका कारण निष्क्रिय कर्जा घटाउन सफल भएको जनाएको छ ।

प्रतिसेयर आम्दानी ४८ रुपैयाँ नाघ्यो

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य रूपमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा २६.०४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा बढेर ४८.०४ रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ २२७.४६ रुपैयाँ रहेको छ । त्यस्तै, रिटर्न अन इक्विटी २१.१२ प्रतिशत, कस्ट अफ फन्ड ५.७७ प्रतिशत र ब्याजदर स्प्रेड ३.३९ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

असार मसान्तसम्म कम्पनीको साधारण जगेडा कोषमा २८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको नाफा र अघिल्ला वर्षहरूको सञ्चित मुनाफासमेत जोड्दा कम्पनीको वितरणयोग्य नाफा ७७ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस आधारमा कम्पनीले करिब ९३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने अवस्था रहेको जनाइएको छ ।

२० लाख कित्ता बढी आईपीओ ल्याउने तयारी

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज कर्जा प्रदायक हुलास फिनसर्भले सन् २०१२ देखि हायर पर्चेज सेवा दिँदै आएको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत २० लाख ७५ हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले दुई वर्षअघि नै एनएमबी क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीको हालको चुक्ता पुँजी ८३ करोड रुपैयाँ रहेको छ ।

गोल्छा ग्रुपअन्तर्गतको कम्पनीले ‘इन्स्टा फाइनान्स’ सेवामार्फत दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनका साथै मोबाइल फोन, उपभोक्ता इलेक्ट्रोनिक्स, ल्यापटप र फर्निचर खरिदका लागि उपभोक्ता वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले प्रतिस्पर्धात्मक ब्याजदर र लचिलो किस्ता सुविधामार्फत ग्राहकको खरिद प्रक्रियालाई सहज बनाउने रणनीति लिएको जनाएको छ ।

सन् २०१२ मा हुलास इन्भेस्टमेन्ट कम्पनीका रूपमा स्थापना भएको संस्था सन् २०२१ मा हुलास फिनसर्भका रूपमा नाम परिवर्तन गरिएको थियो । सन् २०२३ नोभेम्बरदेखि कम्पनीको नाम ‘हुलास फिनसर्भ हायर पर्चेज’ कायम गरिएको हो ।

कम्पनीको स्वामित्वमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको ८५ प्रतिशत हिस्सा रहेको छ । बाँकी १५ प्रतिशत सेयर हुलास अटोक्राफ्ट, हिम इलेक्ट्रोनिक्सलगायत ६ जना सेयरधनीको स्वामित्वमा रहेको छ ।

कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशकमा शेखर गोल्छा रहेका छन् ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action