Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

कामना सेवा विकास बैंकले घोषणा गर्‍यो १५ प्रतिशत नगद लाभांश

कामना सेवा विकास बैंकले घोषणा गर्‍यो १५ प्रतिशत नगद लाभांश
A A+ A-

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको सञ्चालक समितिको ४१९औं बैठकले आर्थिक वर्षको असार मसान्तसम्म कायम चुक्ता पुँजी तथा सो अवधिको नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसामध्ये अग्राधिकार सेयर पुँजी ३५ करोड रुपैयाँमा बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्म अनुपातिक रूपमा ९ प्रतिशतका दरले हुन आउने १ करोड ४० लाख ६७ हजार ९२३ रुपैयाँ २९ पैसा लाभांश प्रस्ताव गरिएको छ ।

त्यस्तै, बैंकको साधारण सेयर पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसाको १५ प्रतिशतले हुन आउने ५७ करोड ९२ लाख ९५ हजार ६२२ रुपैयाँ २४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ ।

 

2