udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दुबईको जमजम पर्फ्युम्सको पहिलो आधिकारिक आउटलेट नेपालमा सञ्चालनमा आउँदै

दुबईको जमजम पर्फ्युम्सको पहिलो आधिकारिक आउटलेट नेपालमा सञ्चालनमा आउँदै
A A+ A-

काठमाडौं । दुबईको सुगन्धित उत्पादन ब्रान्ड जमजम पर्फ्युम्सले नेपालमा आफ्नो पहिलो आधिकारिक आउटलेट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले काठमाडौंको सुन्धारास्थित सिभिल मलको पसल नम्बर १०१ मा स्थापना गरेको आउटलेट शनिबार मध्याह्न १२ बजे उद्घाटन गर्ने जनाएको छ । जमजम पर्फ्युम्स नेपाल प्रालिले उक्त ब्रान्डलाई औपचारिक रूपमा नेपाली बजारमा भित्र्याएको हो ।

आउटलेट उद्घाटनका लागि जमजम ब्रदर्सका नामले सामाजिक सञ्जालमा चर्चित अब्दुल गफुर र मोहम्मद शकुर शुक्रबार काठमाडौं आइपुगेका छन् । उनीहरू क्रमशः बडे भाइ र छोटे भाइका नामले परिचित छन् । दुबईमा व्यवसाय गर्दै आएका पाकिस्तानी मूलका यी दाजुभाइले जमजम इलेक्ट्रोनिक्सबाट सुरु गरेको व्यावसायिक यात्रालाई पछिल्लो समय पर्फ्युम व्यवसायमा विस्तार गरेका हुन् ।

अब्दुल गफुरका अनुसार उनीहरूले पाँच वर्षअघि सामाजिक सञ्जालमा सामग्री निर्माण गर्न थालेका थिए । त्यसको दोस्रो वर्षदेखि नेपाली दर्शक उनीहरूसँग जोडिन थालेका हुन् । नेपाली दर्शकबाट निरन्तर प्राप्त माया र समर्थनप्रति आभार व्यक्त गर्न तथा आपसी भाइचाराको सम्बन्धलाई थप बलियो बनाउन नेपाल आएको उनले बताए ।

नेपाली उपभोक्ताका लागि कुन पर्फ्युम उपयुक्त हुन्छ भन्ने प्रश्नमा उनले नेक्सा प्रो प्रयोग गर्न सुझाव दिएका छन् ।

नेपालमा जमजम पर्फ्युम्सको व्यावसायिक नेतृत्व अध्यक्ष जया प्रसाद भट्टराई (जेपी), निर्देशक विनोद भट्टराई र प्रबन्धक रोशन सिग्देलले गरिरहेका छन् ।

कम्पनीका अनुसार आधिकारिक आउटलेट सञ्चालनमा आएपछि नेपाली उपभोक्ताले दुबईका मौलिक तथा उच्च गुणस्तरीय पर्फ्युम भरपर्दो माध्यमबाट खरिद गर्न सक्नेछन् । जमजमका उत्पादन सिभिल मलस्थित आउटलेटसँगै माईपे र कम्पनीको आधिकारिक नेपाली वेबसाइटमार्फत पनि उपलब्ध हुनेछन् ।

जमजम पर्फ्युम्सले हाल साउदी अरब, पाकिस्तान, कुवेत र ओमानमा गरी २४ वटा आउटलेट सञ्चालन गरिरहेको जनाएको छ । काठमाडौंमा खुल्न लागेको आउटलेट कम्पनीको विश्वव्यापी सञ्जालअन्तर्गत २५औं शाखा हुनेछ ।

अन्तर्राष्ट्रिय बजार विस्तारलाई तीब्र बनाउने योजनाअन्तर्गत कम्पनीले कतार, बेलायत, अमेरिका, स्पेन र मलेसियामा पनि शाखा स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action