Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

९० हजारभन्दा बढीले छाडे जीवन बीमा पोलिसी, ३९ अर्बको बीमा नवीकरण भएन

९० हजारभन्दा बढीले छाडे जीवन बीमा पोलिसी, ३९ अर्बको बीमा नवीकरण भएन
A A+ A-

गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूबाट पोलिसी सरेण्डर (बीमालेख समर्पण) हुने रकम झण्डै १४ अर्ब रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको ‘बीमा प्रतिबिम्ब’ प्रतिवेदनअनुसार असार मसान्तसम्म जीवन बीमा कम्पनीहरूबाट १३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो।

यद्यपि, यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ९.११ प्रतिशतले कम हो। अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरूबाट पोलिसी सरेण्डरमार्फत १५ अर्ब १५ करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो।

प्रतिवेदनअनुसार सरेण्डर रकमसँगै बीमालेख त्याग गर्ने बीमितको संख्या पनि घटेको छ। गत आर्थिक वर्षमा ९० हजार ३८७ जनाले मात्र आफ्नो जीवन बीमा पोलिसी समर्पण गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको १ लाख ८ हजार २३८ जनाको तुलनामा १६.४९ प्रतिशतले कम हो।

तर, अर्कोतर्फ व्यतित बीमालेख (लाप्स/नवीकरण नगरिएका बीमालेख) को रकम भने उल्लेखनीय रूपमा बढेको छ। गत आर्थिक वर्षमा नवीकरण नभएका जीवन बीमालेखको कुल रकम ३९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३५ अर्ब १ करोड ७७ लाख रुपैयाँको तुलनामा १२.०८ प्रतिशतले बढी हो।

यद्यपि, नवीकरण नभएका बीमालेखको संख्या भने घटेको देखिएको छ। समीक्षा अवधिमा १० लाख ३० हजार ४० वटा जीवन बीमा पोलिसी नवीकरण हुन सकेनन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १२ लाख ४३ हजार ३६५ रहेको थियो। यस आधारमा व्यतित बीमालेखको संख्या १७.१६ प्रतिशतले घटेको देखिन्छ।

बीमा क्षेत्रका जानकारहरूका अनुसार पोलिसी सरेण्डर गर्ने संख्या घट्नु सकारात्मक संकेत भए पनि व्यतित बीमालेखको रकम बढ्नु भने दीर्घकालीन रूपमा बीमा कम्पनीहरूका लागि चुनौतीको विषय हुन सक्ने देखिएको छ। यसले उच्च बीमाङ्क भएका पोलिसीहरू नवीकरण हुन नसकेको वा बीमितहरूले प्रिमियम तिर्न निरन्तरता दिन नसकेको अवस्था संकेत गर्न सक्ने विश्लेषण गरिएको छ।

2