काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्यमा तीव्र वृद्धि भएको छ। एक सातामै सुनको मूल्य प्रतितोला १२ हजार ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ। लगातारको वृद्धिसँगै सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नजिक पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १५ गते शुक्रबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको सुन साउन २२ गते शुक्रबारसम्म आइपुग्दा १२ हजार ९०० रुपैयाँ महँगिएको हो।
साताको सुरुवातमा भने सुनको मूल्य केही घटबढ भएको थियो। आइतबार प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ रहेको सुन सोमबार ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको थियो। मंगलबार भने २०० रुपैयाँ घटेर २ लाख ८३ हजार ८०० रुपैयाँमा झरेको थियो।
बुधबारदेखि सुनको मूल्यमा भने अचानक ठूलो उछाल देखियो। बुधबार मात्रै प्रतितोला ४ हजार २०० रुपैयाँ बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको सुन बिहीबार थप ८ हजार रुपैयाँले महँगियो। बिहीबार प्रतितोला २ लाख ९६ हजार रुपैयाँ पुगेको सुन शुक्रबार पनि ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो।
यसरी साताको सुरुवातदेखि अन्त्यसम्म आइपुग्दा सुन प्रतितोला १२ हजार ९०० रुपैयाँले महँगिएको छ।
सुनको मूल्य बढेसँगै नेपाली बजारमा यसको भाउ पुनः ३ लाख रुपैयाँको नजिक पुगेको छ। छोटो अवधिमै भएको यो तीव्र वृद्धिले बजारमा सुनको मूल्यप्रति चासोसमेत बढाएको छ।
नेपाली बजारमा सुनको मूल्य निर्धारणमा अन्तर्राष्ट्रिय बजारको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर र आन्तरिक मागले पनि प्रभाव पार्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा तथा डलरको विनिमय दरमा परिवर्तन हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्ने गर्छ।
आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कता जान्छ र अमेरिकी डलरको विनिमय दरमा कस्तो परिवर्तन आउँछ भन्ने कुराले नेपाली बजारमा सुनको मूल्यको दिशा निर्धारण गर्नेछ। अहिलेको तीव्र वृद्धिले भने सुन फेरि प्रतितोला ३ लाख रुपैयाँको मनोवैज्ञानिक सीमाको निकै नजिक पुगेको छ ।
साताको सुनचादीको मूल्यको समग्र विवरण :

