Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

ग्यास सिलिन्डरमा कालोबजारी, ७ हजार असुल्ने सञ्चालक पक्राउ

अ+ अ-

भक्तपुर। खाना पकाउने एलपी ग्यासमा कालोबजारी गरेको अभियोगमा भक्तपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बारुदखाना चोकस्थित ‘त्वयना किराना पसल’का सञ्चालक ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सञ्चालक त्वयनाले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर सात हजारको दरले महँगो मूल्यमा बिक्री वितरण गरिरहेको विशेष जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो।

अनुगमन तथा चेकजाँचका क्रममा प्रहरीले तीन थान ग्यास सिलिन्डरसहित पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए।

2