Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

हुलाकबाट एक करोड राजस्व सङ्कलन

हुलाकबाट एक करोड राजस्व सङ्कलन
A A+ A-

चितवन। जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा एक करोड नौ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायतका विभिन्न सेवा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो।

कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार समीक्षा अवधिमा सङ्कलित कुल राजस्वमध्ये हुलाक टिकट बिक्रीबाट ५८ लाख ७२ हजार रुपैयाँ तथा काउन्टर अटोमेसन, पार्सल र रोयल्टीलगायतका अन्य सेवा शुल्कबाट ५० लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको हो।

गत आवमा कार्यालयले ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। विनियोजित कुल छ करोड ३३ लाख ६१ हजार रुपैयाँ वार्षिक बजेटमध्ये पाँच करोड ७७ लाख ३२ हजार रुपैयाँ खर्च भएको कार्यालय प्रमुख बस्यालले जानकारी दिए।

नेपाल सरकारको निर्णयअनुसार गत वर्षदेखि चितवनमा ‘एक स्थानीय तह, एक हुलाक’को नयाँ सङ्गठनात्मक संरचना कार्यान्वयनमा ल्याइएको छ। हाल जिल्लाका छवटा स्थानीय तह राप्ती, खैरहनी, रत्ननगर, कालिका र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा पालिका हुलाक कार्यालय सञ्चालनमा रहेका छन्। यसबाहेक भरतपुर महानगरपालिकाभित्र चनौली, जगतपुर र नारायणगढमा तीनवटा हुलाक काउन्टर तथा १२ अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ।

जिल्लामा स्वीकृत ५३ दरबन्दीमध्ये गत वर्ष स्थायी २६ र करारमा २३ गरी ४९ कर्मचारी कार्यरत रहेका थिए। चार पद रिक्त रहेको कार्यालयले जनाएको छ। यसबाहेक २२ जना अतिरिक्त हुलाक जनशक्ति कार्यरत छन्।

सञ्चार क्षेत्रतर्फ कार्यालयले जिल्लाका ३५ वटा सञ्चारमाध्यमलाई ६० लाख २४ हजार रुपैयाँ लोककल्याणकारी विज्ञापनबापत भुक्तानी गरेको छ। यस्तै, १७ एफएम रेडियो नवीकरण, २२ पत्रकारलाई परिचयपत्र वितरण तथा १९ अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण गरिएको कार्यालय प्रमुख बस्यालले जानकारी दिए।

2