Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

डीडीसीको आठौँ बिक्री केन्द्र वनस्थलीमा सञ्चालनमा

अ+ अ-

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो ।

बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा‍. शरणकुमार पाण्डेले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पुर्‍याउन यस्ता बिक्री केन्द्र विस्तार गरिँदै आएको बताए ।

उनले बिक्री केन्द्र विस्तारसँगै किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित गर्न र स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउन सहयोग पुग्ने बताए । उपभोक्ताले पनि एउटै स्थानबाट संस्थानका विभिन्न दुग्धजन्य पदार्थ सहज रूपमा खरिद गर्न सक्ने उनको भनाइ छ।

पाण्डेले संस्थानले उपभोक्ताको माग र बजारको आवश्यकतालाई हेरेर आगामी दिनमा थप स्थानमा बिक्री केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

वनस्थलीमा केन्द्र सञ्चालनमा आएसँगै दुग्ध विकास संस्थानका यस्ता बिक्री केन्द्रको सङ्ख्या आठ पुगेको छ। संस्थानले बिक्री केन्द्र विस्तारलाई किसानको दूधको बजार सुनिश्चित गर्ने र उपभोक्तालाई गुणस्तरीय स्वदेशी दुग्धजन्य पदार्थ उपलब्ध गराउने माध्यमका रूपमा अघि बढाएको जनाएको छ।

2