Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

पिक्सेल ११ देखि प्रो फोल्डसम्म : गुगलका नयाँ स्मार्टफोनको फिचर र मूल्य सार्वजनिक

अ+ अ-

एजेन्सी । गुगलको आगामी पिक्सेल ११ सिरिज र पिक्सेल वाच ५ सार्वजनिक हुनुअघि नै नयाँ स्मार्टफोनका स्पेसिफिकेसन र मूल्यसम्बन्धी विवरण बाहिरिएका छन्। अगस्ट १२ मा हुने ‘मेड बाइ गुगल’ कार्यक्रममा पिक्सेल ११ सिरिज औपचारिक रूपमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

‘एन्ड्रोइड हेडलाइन्स’ ले सार्वजनिक गरेको विवरणअनुसार पिक्सेल ११ सिरिजमा पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र पिक्सेल ११ प्रो फोल्ड गरी चार मोडल रहनेछन्। सबै मोडलमा गुगलको नयाँ टेन्सर जी६ प्रोसेसर र टाइटन एम३ को-प्रोसेसर प्रयोग हुने बताइएको छ।

पिक्सेल ११

पिक्सेल ११ मा ६.३ इन्चको ओएलइडी डिस्प्ले रहनेछ। यसको रिजोल्युसन २४२४ × १०८० पिक्सेल, अधिकतम ३ हजार निट्स ब्राइटनेस तथा ६० देखि १२० हर्जसम्मको एडाप्टिभ रिफ्रेस रेट रहनेछ।

फोनमा १२ जीबी वा १६ जीबी र्‍याम तथा २५६ जीबी र ५१२ जीबी स्टोरेज विकल्प रहने बताइएको छ। १९७ ग्राम तौलको यो फोन सिरिजकै हलुका मोडलमध्ये एक हुनेछ।

यसमा ४,९८५ एमएएच ब्याट्री, ३० वाट वायर्ड चार्जिङ र क्यूआई२ वायरलेस चार्जिङ सपोर्ट रहनेछ। क्यामेरातर्फ ४८ मेगापिक्सेलको मुख्य र १३ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहनेछ। अगाडि १०.५ मेगापिक्सेलको सेल्फी क्यामेरा हुनेछ भने ३० गुणासम्मको सुपर जुम सपोर्ट गर्ने बताइएको छ।

अमेरिकी बजारमा यसको सुरुआती मूल्य ८९९ डलर रहने लिकमा उल्लेख छ।

पिक्सेल ११ प्रो

पिक्सेल ११ प्रोमा ६.३ इन्चकै ओएलइडी डिस्प्ले रहनेछ। यसको रिजोल्युसन २८५६ × १२८० पिक्सेल, १ देखि १२० हर्जसम्मको एलटीपीओ एडाप्टिभ रिफ्रेस रेट तथा ३,६०० निट्ससम्मको पिक ब्राइटनेस रहनेछ।

यसमा १२ जीबी र १६ जीबी र्‍याम तथा २५६ जीबी र ५१२ जीबी स्टोरेज विकल्प रहनेछ। ब्याट्री क्षमता ४,८५० एमएएच र चार्जिङ क्षमता ३० वाट रहने बताइएको छ।

क्यामेरातर्फ ५० मेगापिक्सेलको मुख्य, ४८ मेगापिक्सेलको अल्ट्रावाइड र ५ एक्स अप्टिकल जुमसहितको ४८ मेगापिक्सेल पेरिस्कोप टेलिफोटो क्यामेरा रहनेछ। यसले १२० गुणासम्मको प्रो जुम सपोर्ट गर्ने बताइएको छ।

अमेरिकामा पिक्सेल ११ प्रोको सुरुआती मूल्य १,०९९ डलर रहने अपेक्षा गरिएको छ।

पिक्सेल ११ प्रो एक्सएल

पिक्सेल ११ प्रो एक्सएलमा ६.८ इन्चको एलटीपीओ ओएलइडी डिस्प्ले रहनेछ। यसमा १ देखि १२० हर्जसम्मको एडाप्टिभ रिफ्रेस रेट, २९९२ × १३४४ पिक्सेल रिजोल्युसन र ३,६०० निट्ससम्मको पिक ब्राइटनेस रहनेछ।

फोनमा टेन्सर जी६ प्रोसेसर, टाइटन एम३ को-प्रोसेसर तथा १२ जीबी वा १६ जीबी र्‍याम रहनेछ। स्टोरेजतर्फ २५६ जीबी, ५१२ जीबी र १ टीबीका विकल्प उपलब्ध हुनेछन्।

यसमा ५,११५ एमएएचको ब्याट्री, ४५ वाट वायर्ड फास्ट चार्जिङ र क्यूआई२ वायरलेस चार्जिङ सपोर्ट रहनेछ। क्यामेरा सेटअप पिक्सेल ११ प्रोको जस्तै रहने बताइएको छ।

यस मोडलको अमेरिकी बजारमा सुरुआती मूल्य १,२९९ डलर हुने लिकमा उल्लेख छ।

पिक्सेल ११ प्रो फोल्ड

गुगलको फोल्डेबल मोडल पिक्सेल ११ प्रो फोल्डमा १२० हर्ज रिफ्रेस रेटसहितको ८ इन्चको फोल्डेबल ओएलइडी डिस्प्ले रहने अपेक्षा गरिएको छ। बाहिरी भागमा ६.४ इन्चको १२० हर्ज ओएलइडी कभर डिस्प्ले रहनेछ।

यसमा पनि टेन्सर जी६ प्रोसेसर र टाइटन एम३ को-प्रोसेसर प्रयोग हुनेछ। १२ जीबी र १६ जीबी र्‍याम तथा २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेज विकल्प रहने बताइएको छ।

फोनमा ४,८०६ एमएएचको ब्याट्री, ३० वाट वायर्ड चार्जिङ र क्यूआई२ वायरलेस चार्जिङ सपोर्ट हुनेछ। क्यामेरातर्फ ४८ मेगापिक्सेलको मुख्य, १०.५ मेगापिक्सेलको अल्ट्रावाइड र ५ एक्स अप्टिकल जुमसहितको १०.८ मेगापिक्सेल पेरिस्कोप टेलिफोटो क्यामेरा रहनेछ।

बाहिरी र भित्री दुवै डिस्प्लेमा १० मेगापिक्सेलको सेल्फी क्यामेरा रहने बताइएको छ। पावर बटनमै साइड-माउन्टेड फिंगरप्रिन्ट स्क्यानर राखिनेछ।

अमेरिकी बजारमा पिक्सेल ११ प्रो फोल्डको सुरुआती मूल्य १,८९९ डलर रहने लिकमा उल्लेख छ।

गुगलले अगस्ट १२ मा आयोजना गर्ने ‘मेड बाइ गुगल’ कार्यक्रममा पिक्सेल ११ सिरिज औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसपछि मात्रै यी फोनका आधिकारिक स्पेसिफिकेसन, मूल्य र बजार उपलब्धताबारे स्पष्ट जानकारी प्राप्त हुनेछ।

2