काठमाडौं। चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट स्रोत नखुलेको नगद ५९ लाख ९३ हजारभन्दा बढी नगदसहित चिनियाँ नागरिक गुंग याग र अर्का एक जना पक्राउ परेका छन्।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सप्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ज. १ च १६६४ नम्बरको स्कारपियोलाई जाँच गर्दा उक्त नगद फेला परेको हो।
स्कारपियोमा सवार उनीहरूलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
