Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

Lavc57.89.100
अ+ अ-

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत भण्डार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र चापाकोट नगरपालिकाको लागत साझेदारीमा एक करोड ६० लाखको लागतमा भण्डार निर्माण भएको हो ।

प्रारम्भमा दुई सय टनभन्दा बढी क्षमताको शीत भण्डार निर्माण गर्ने योजना रहे पनि बजेट अभावका कारण एक सय टन क्षमताको भण्डार निर्माण गरिएको चापाकोट–८ का वडाध्यक्ष टोपलाल न्यौपानेले जानकारी दिए ।

विशेषगरी व्यावसायिकरूपमा आलु उत्पादन हुने रत्नपुरमा शीत भण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । अब आलु भण्डारणका लागि भैरहवा, गल्याङको जिमुहा र पुतलीबजारसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । एक बोरा आलु ती भण्डार केन्द्रमा पुर्याउँदा किसानले ५०० सम्म खर्च गर्नुपर्ने बाध्यात्मक परिस्थिति पनि अन्त्य भएको छ ।

2