Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

स्नो रिभर्सको नाफा २४१ प्रतिशत बढ्यो, ११ करोड १८ लाख पुग्यो

स्नो रिभर्सको नाफा २४१ प्रतिशत बढ्यो, ११ करोड १८ लाख पुग्यो
A A+ A-

काठमाडौं । स्नो रिभर्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २४१ प्रतिशतभन्दा बढीले बढाएको छ। कम्पनीको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ११ करोड १८ लाख १८ हजार रुपैयाँ पुगेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड २७ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। विद्युत् बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफामा उल्लेख्य सुधार आएको हो।

गत आवमा कम्पनीले विद्युत् बिक्रीबाट ३७ करोड ७५ लाख १० हजार रुपैयाँ आम्दानी गरेको छ। प्रत्यक्ष खर्च कटाएपछि कुल नाफा ३४ करोड ४१ लाख ८३ हजार रुपैयाँ पुगेको छ। ह्रासकट्टी तथा प्रशासनिक खर्च समायोजनपछि सञ्चालन नाफा २४ करोड ९१ लाख ५ हजार रुपैयाँ कायम भएको छ।

कम्पनीले वित्तीय लागतबापत १३ करोड २६ लाख ७१ हजार रुपैयाँ खर्च गरेको छ। कम्पनीको चुक्ता पुँजी ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोष ११ करोड ३८ लाख ६० हजार रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.३६ रुपैयाँ कायम भएको छ। त्यस्तै, असार मसान्तसम्म प्रतिसेयर आम्दानी ईपीएस १४.२१ रुपैयाँ पुगेको छ।

असार मसान्तको अन्तिम शेयर मूल्य ५४१ रुपैयाँलाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात पीई रेसियो ३८.०७ गुणा रहेको छ।

कम्पनीले व्यावसायिक उत्पादन सुरु गरेसँगै विद्युत् बिक्रीबाट नियमित आम्दानी हुन थालेको र त्यसको प्रभाव नाफा तथा समग्र वित्तीय अवस्थामा देखिएको जनाएको छ।

2