Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

नेपाल माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर

अ+ अ-

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। नेपालको पहिलो निर्जीवन लघु बीमा कम्पनीका रूपमा स्थापित कम्पनीले केन्द्रीय कार्यालय भरतपुर, चितवनसहित काठमाडौं तथा विभिन्न प्रादेशिक कार्यालयका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले मुख्य मार्केटिङ अधिकृत (सीएमओ) र मुख्य वित्तीय अधिकृत (सीएफओ) पदमा एक–एक जना माग गरेको छ। त्यस्तै, पाँच जना प्रदेश प्रमुख (मार्केटिङ), मार्केटिङ स्टाफ तथा आईटी विभागका लागि एक जना सहायक पदमा आवेदन आह्वान गरिएको छ।

कम्पनीका अनुसार सम्बन्धित पदका लागि आवश्यक शैक्षिक योग्यता भएका तथा बीमा, बैंकिङ वा वित्तीय क्षेत्रमा अनुभव हासिल गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

मार्केटिङ स्टाफ पदमा भने हालै स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारले समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आवेदकमा नेपाली तथा अंग्रेजी भाषामा राम्रो सञ्चार क्षमता, नेतृत्व क्षमता, टिममा काम गर्न सक्ने खुबी र कम्प्युटरसम्बन्धी ज्ञान हुनुपर्ने कम्पनीले जनाएको छ।

योग्य तथा इच्छुक नेपाली नागरिकले कम्पनीले तोकेको प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्।

2