Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

कृषि विकास बैंक र ग्रान्डी अस्पतालबीच विशेष छुटको सम्झौता

अ+ अ-

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच कर्मचारी तथा परिवारजनलाई स्वास्थ्य र बैंकिङ सेवामा विशेष छुट तथा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौतापत्रमा कृषि विकास बैंकका उपमहाप्रबन्धक सुशिल हुंमागाइ र ग्रान्डी अस्पतालका मुख्य सञ्चालन अधिकृत कर्णेल अमृत खन्नाले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ग्रान्डी अस्पतालले बैंकका बहालवाला तथा पूर्वकर्मचारी र उनीहरूका आश्रित परिवारलाई स्वास्थ्योपचार, ल्याब, एक्स–रे, भिडियो एक्स–रे, बेड चार्ज, सर्जरी तथा वेलनेस प्याकेजमा विशेष छुट उपलब्ध गराउनेछ। टेलि–कन्सल्टेसन, सडक तथा हेलिकप्टरमार्फत आपतकालीन उद्धार र स्वास्थ्य सचेतना कार्यक्रमहरूमा समेत प्राथमिकता दिइनेछ।

यसबाट बैंकका कर्मचारी तथा परिवारजनले गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, कृषि विकास बैंकले ग्रान्डी अस्पतालका चिकित्सक, नर्स, प्यारामेडिक्स तथा अन्य कर्मचारीका लागि डिजिटल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, लकर सुविधासहित घर, सवारी तथा शिक्षा कर्जामा सेवा शुल्क र प्रिमियम दरमा विशेष छुट उपलब्ध गराउनेछ।

वैदेशिक मुद्रा सटही र रेमिट्यान्स सेवामा समेत सहुलियत प्रदान गरिने बैंकले जनाएको छ। सम्झौताअनुसार दुवै संस्थाका कर्मचारीले आफ्नो आधिकारिक परिचयपत्र प्रस्तुत गरी सम्बन्धित सुविधा लिन सक्नेछन्।

सम्झौताले कृषि विकास बैंक र ग्रान्डी अस्पतालबीचको संस्थागत सम्बन्धलाई थप मजबुत बनाउँदै कर्मचारी लक्षित स्वास्थ्य तथा बैंकिङ सेवामा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बैंकका विभागीय प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, व्यवसाय अधिकृत मणिराज ढुंगाना तथा अस्पतालका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ अधिकृत मौलिका देउजा र अधिकृत माधव शर्माको उपस्थिति थियो।

2