Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

३० लाखमै प्रोटोनको नयाँ ईभी ई.मास ५ नेपालमा सार्वजनिक

अ+ अ-

काठमाडौं । शङ्कर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ई.मास ५ सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, स्मार्ट प्रविधि र आकर्षक मूल्यसहित सार्वजनिक गरिएको ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ ।

ई.मास ५ को प्राइम भेरियन्टमा ३०.१२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । कम्पनीका अनुसार यसले डब्लुएलटीपी मापदण्डअनुसार एकपटक चार्ज गर्दा २२५ किलोमिटरसम्मको रेन्ज दिन्छ ।

त्यस्तै प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले एकपटकको चार्जमा ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । दुवै भेरियन्टमा रियर ह्विल ड्राइभ प्रणाली प्रयोग गरिएको छ ।

गाडीमा १४.६ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, ४जी तथा वाइफाइ कनेक्टिभिटी र डीसी फास्ट चार्जिङ सुविधा दिइएको छ ।

सुरक्षातर्फ इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल होल्ड असिस्ट, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा र रियर पार्किङ सेन्सरलगायतका सुविधा छन् ।

प्रिमियम भेरियन्टमा भने एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम थप गरिएको छ । यसमा एडप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट डिटेक्सन र लेन डिपार्चर वार्निङलगायतका सक्रिय सुरक्षा प्रविधि उपलब्ध छन् ।

मूल्यतर्फ प्राइम भेरियन्टको नियमित मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर पहिलो १०० ग्राहकका लागि विशेष अफरअन्तर्गत २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

त्यस्तै प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पहिलो १०० ग्राहकले भने यो भेरियन्ट ३४ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

कम मूल्यमा कम्प्याक्ट एसयूभी, ३२५ किलोमिटरसम्मको रेन्ज र प्रिमियम भेरियन्टमा एडास प्रविधि उपलब्ध गराउँदै प्रोटोन ई.मास ५ ले नेपाली ईभी बजारमा थप प्रतिस्पर्धा बढाउने देखिएको छ ।

2