Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

३० लाखमै प्रोटोनको नयाँ ईभी ई.मास ५ नेपालमा सार्वजनिक

३० लाखमै प्रोटोनको नयाँ ईभी ई.मास ५ नेपालमा सार्वजनिक
A A+ A-

काठमाडौं । शङ्कर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ई.मास ५ सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, स्मार्ट प्रविधि र आकर्षक मूल्यसहित सार्वजनिक गरिएको ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ ।

ई.मास ५ को प्राइम भेरियन्टमा ३०.१२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । कम्पनीका अनुसार यसले डब्लुएलटीपी मापदण्डअनुसार एकपटक चार्ज गर्दा २२५ किलोमिटरसम्मको रेन्ज दिन्छ ।

त्यस्तै प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले एकपटकको चार्जमा ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । दुवै भेरियन्टमा रियर ह्विल ड्राइभ प्रणाली प्रयोग गरिएको छ ।

गाडीमा १४.६ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, ४जी तथा वाइफाइ कनेक्टिभिटी र डीसी फास्ट चार्जिङ सुविधा दिइएको छ ।

सुरक्षातर्फ इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल होल्ड असिस्ट, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा र रियर पार्किङ सेन्सरलगायतका सुविधा छन् ।

प्रिमियम भेरियन्टमा भने एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम थप गरिएको छ । यसमा एडप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट डिटेक्सन र लेन डिपार्चर वार्निङलगायतका सक्रिय सुरक्षा प्रविधि उपलब्ध छन् ।

मूल्यतर्फ प्राइम भेरियन्टको नियमित मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर पहिलो १०० ग्राहकका लागि विशेष अफरअन्तर्गत २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

त्यस्तै प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पहिलो १०० ग्राहकले भने यो भेरियन्ट ३४ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

कम मूल्यमा कम्प्याक्ट एसयूभी, ३२५ किलोमिटरसम्मको रेन्ज र प्रिमियम भेरियन्टमा एडास प्रविधि उपलब्ध गराउँदै प्रोटोन ई.मास ५ ले नेपाली ईभी बजारमा थप प्रतिस्पर्धा बढाउने देखिएको छ ।

2