Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

मोर्बिडेली टी–२५० एक्स नेपालमा सार्वजनिक मूल्य ६ लाख २० हजार

अ+ अ-

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नेपाली बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल टी–२५० एक्स सार्वजनिक गरेको छ । नाइमा एक्स्पोमार्फत सार्वजनिक गरिएको टी–२५० एक्सको मूल्य ६ लाख २० हजार रुपैयाँ तोकिएको छ ।

नेपालमा मोर्बिडेलीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले नेपाली ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै टी–२५० एक्सको पहिलो चरणको बल्क डेलिभरीसमेत सुरु गरिसकेको जनाएको छ ।

एड्भेन्चर तथा टुरिङ राइडिङ रुचाउने ग्राहकलाई लक्षित गरिएको टी–२५० एक्समा आकर्षक डिजाइनसँगै शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधि समेटिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपाली ग्राहकले मोर्बिडेलीका मोटरसाइकलको स्टाइल, इन्जिन प्रदर्शन, सुरक्षा प्रविधि र आरामदायी राइडिङ अनुभवलाई रुचाउँदै आएका छन् । ग्राहकको यही सकारात्मक प्रतिक्रियाले नेपाली बजारमा ब्रान्डप्रतिको विश्वास थप बलियो बनेको कम्पनीको भनाइ छ ।

टी–२५० एक्समार्फत एड्भेन्चर तथा टुरिङ सेग्मेन्टमा आफ्नो उपस्थिति थप बलियो बनाउने मोर्बिडेली नेपालको लक्ष्य छ । कम्पनीले आगामी दिनमा विश्वस्तरीय मोटरसाइकलसँगै गुणस्तरीय सेवा र ग्राहक अनुभवमा समेत प्राथमिकता दिने जनाएको छ ।

मोर्बिडेली टी–२५० एक्सको मूल्य ६ लाख २० हजार रुपैयाँ तोकिएको छ ।

2