Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

अण्डाको भाउ बढ्यो कति पुग्यो ?

अ+ अ-

चितवन । बजारमा माग बढेसँगै अण्डाको समर्थन मूल्यमा वृद्धि गरिएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजैदेखि लागू हुने गरी अण्डाको नयाँ दर सार्वजनिक गरेको हो ।

नयाँ दररेट अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, सानो अण्डा प्रतिपेटी (७ क्रेट) को मूल्य ३,००० रुपैयाँ तोकिएको छ ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको प्रकोपका कारण धेरै कुखुरा मरेपछि उत्पादनमा ह्रास आएको र माग बढेकाले मूल्य समायोजन गरिएको हो । तर, मूल्य बढे पनि किसानले अझै राहत पाउन सकेका छैनन् ।

प्रतिअण्डा लागत मूल्य १९.१२ रुपैयाँ (प्रतिक्रेट ५७३.६) पर्ने भए पनि बिक्री मूल्य त्योभन्दा कम छ । लागत नउठ्दा र बैंकको ऋण बढ्दै जाँदा धेरै किसानहरू यो व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

2