Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

भृकुटीमण्डपमा ‘अटो महाकुम्भ’ : नयाँ सवारीदेखि कर नीतिसम्म, उद्योगीका प्रश्नै–प्रश्न

भृकुटीमण्डपमा ‘अटो महाकुम्भ’ : नयाँ सवारीदेखि कर नीतिसम्म, उद्योगीका प्रश्नै–प्रश्न
A A+ A-

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारी र व्यावसायिक गतिविधिको बढ्दो प्रभावलाई एउटै मञ्चमा प्रस्तुत गर्दै काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको एक्स्पोमा सवारीसाधनको प्रदर्शनसँगै राज्यको कर नीति, सडक सुरक्षा, पूर्वाधार र लगानी वातावरणबारे बहससमेत सतहमा आएको छ ।

एक्स्पोको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्य ले संयुक्त रूपमा गरेका छन् । साउन ३१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे तथा व्यावसायिक सवारीका ५५ भन्दा बढी ब्रान्ड सहभागी छन् । आयोजकका अनुसार ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन हुँदैछन् । एक्स्पो बाहिरबाट हेर्दा नयाँ गाडी र प्रविधिको प्रदर्शनीजस्तो देखिए पनि यसको उद्घाटन समारोहमा उठेका विषयले नेपालको अटो क्षेत्र अहिले केवल उपभोगको बजार नभएर अर्थतन्त्र, रोजगारी, राजस्व, वातावरण र यातायात सुरक्षासँग जोडिएको बहुआयामिक क्षेत्र बनेको देखाएको छ ।

नाइमा अध्यक्ष वैद्यले नेपालको नीतिनिर्माण तहमा मोबिलिटी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताइन् । उनका अनुसार सवारीसाधनलाई केवल विलासिताको वस्तु वा कर उठाउने माध्यमका रूपमा हेर्दा यातायात क्षेत्रको वास्तविक योगदान ओझेलमा पर्छ । मोबिलिटीले शिक्षा, स्वास्थ्य, रोजगारी, बजार तथा अत्यावश्यक सेवामा नागरिकको पहुँच विस्तार गर्ने भएकाले यसलाई राष्ट्रिय विकासको अभिन्न अंगका रूपमा लिनुपर्ने उनको तर्क छ ।

नेपालको अटो बजार विद्युतीय तथा हाइब्रिड प्रविधितर्फ तीव्र गतिमा अघि बढिरहेको भन्दै उनले सरकारले हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीतिसँगै उद्योगी–व्यवसायीसँग पर्याप्त छलफल गरेर नीति बनाउनुपर्ने बताइन् । विशेषगरी नीतिगत स्थिरता, नेपालमै सवारी एसेम्बल गर्ने वातावरण, सहायक अटो पार्ट्स उद्योगको विकास, ब्याट्री पुनःप्रयोग तथा रिसाइक्लिङ नीति र इथानोल ब्लेन्डिङजस्ता विषयमा स्पष्ट सरकारी पहल आवश्यक रहेको उनको भनाइ छ ।

उद्घाटन समारोहमा निजी क्षेत्रका प्रतिनिधिहरूले नेपालको अटोमोबाइल क्षेत्रमाथि राज्यको कर तथा नीतिगत व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे । अञ्जन श्रेष्ठ ले नेपालमा सवारीसाधनमा लाग्ने कर तथा भन्सार दर अत्यधिक रहेको दाबी गर्दै सरकारको ध्यान राजस्व संकलनमा मात्र केन्द्रित भएको गुनासो गरे । उनले काठमाडौं उपत्यकामा वर्षौंदेखि सवारीसाधनको चाप बढ्दै गए पनि सडक विस्तार, वैकल्पिक मार्ग र फ्लाइओभर निर्माणलगायतका पूर्वाधार विकास अपेक्षाकृत सुस्त रहेको बताए ।

यसले नेपालको अटो क्षेत्रको एउटा मूल विरोधाभास उजागर गर्छ—सवारीसाधनबाट राज्यले ठूलो राजस्व उठाइरहेको छ, तर त्यसअनुसारको सडक पूर्वाधार र यातायात व्यवस्थापनमा लगानी पर्याप्त देखिँदैन । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे ले अटोमोबाइल क्षेत्रलाई समग्र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताए । निर्माण, पूर्वाधार, ऊर्जा, पर्यटन तथा वित्तीय क्षेत्रसँग अटो व्यवसायको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै उनले आर्थिक गतिविधि विस्तारका लागि पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल ले भने सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानका कारण अटो बजारमा सिर्जना भएको त्रासबारे प्रश्न उठाए । कानुन कार्यान्वयनका क्रममा व्यावहारिक समस्या समाधान गर्न नसकिए आर्थिक गतिविधि प्रभावित हुन सक्ने उनको चेतावनी थियो । एक्स्पोको उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मोबिलिटी क्षेत्रको अर्को गम्भीर पक्ष—सडक सुरक्षा—लाई केन्द्रमा ल्याए । उनका अनुसार गत आर्थिक वर्षमा सडक दुर्घटनामा २ हजार ७०७ जनाले ज्यान गुमाएका छन् भने ४७ हजार ५५३ जना घाइते भएका छन् । दैनिक औसतमा सात जनाको मृत्यु र १३० जना घाइते हुने अवस्था रहेको उनले बताए ।

दुर्घटनाका लागि चालकलाई मात्र दोष दिने प्रवृत्ति परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । सडकको डिजाइन, लेन व्यवस्थापन, स्लोप, खाल्डाखुल्डी तथा अन्य इन्जिनियरिङ कमजोरीले पनि दुर्घटना बढाइरहेको भन्दै उनले सडक सुरक्षालाई सवारीसाधनसँगै पूर्वाधारको विषयका रूपमा लिनुपर्ने बताए । उनले सवारी बिक्रीपछि उपलब्ध हुने सेवा, पार्किङ व्यवस्थापन र ट्राफिक नियम पालनमा पनि सुधार आवश्यक रहेको बताए ।

यसपटकको एक्स्पोमा विद्युतीय सवारीसाधन विशेष आकर्षण बनेका छन् । चारपाङ्ग्रे सवारीतर्फ हुन्डाई, टाटा, टोयोटा, महिन्द्रा, किया, निसान, बीवाईडी, एमजी, सिट्रोन, आइकार, डेन्जा, जिकर, लीपमोटर, वुलिङलगायतका ब्रान्ड सहभागी छन् । दुईपाङ्ग्रेमा बजाज, होन्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकीसँगै एथर, याडिया, एनआईयू, अल्ट्राभ्वाइलेट, सीएफ मोटो, ट्रायम्फलगायतका ब्रान्ड प्रदर्शनीमा छन् । व्यावसायिक सवारीतर्फ पनि विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डले सहभागिता जनाएका छन् । यसले नेपालको सवारी बजारमा परम्परागत इन्धनमा आधारित सवारीसाधनसँगै विद्युतीय सवारीको प्रतिस्पर्धा तीव्र बन्दै गएको संकेत गर्छ ।

चाडपर्वको पूर्वसन्ध्यामा आयोजना भएको एक्स्पोमा कम्पनीहरूले ग्राहक आकर्षित गर्न नगद छुट, एक्सचेन्ज बोनस तथा विभिन्न अफर सार्वजनिक गरेका छन् । सवारी खरिदलाई सहज बनाउन बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले एक्स्पो परिसरबाटै फाइनान्सिङ तथा बीमासम्बन्धी सेवा उपलब्ध गराइरहेका छन् । यसले एक्स्पोलाई केवल नयाँ मोडल हेर्ने थलोभन्दा पनि तत्काल खरिद निर्णय गर्न सकिने व्यावसायिक प्लेटफर्मका रूपमा विकास गर्ने आयोजकको रणनीति देखिन्छ । नेपालको अटोमोबाइल बजार विस्तार हुँदै गए पनि यस क्षेत्रसँग जोडिएका नीतिगत प्रश्न भने अझै समाधान हुन बाँकी छन् । उच्च कर, सडक पूर्वाधारको अभाव, ट्राफिक व्यवस्थापन, दुर्घटना, वातावरणीय प्रभाव, विद्युतीय सवारीका लागि चार्जिङ पूर्वाधार तथा ब्याट्री व्यवस्थापनजस्ता विषयमा दीर्घकालीन नीति आवश्यक देखिन्छ ।

अटो व्यवसायीहरू सरकारबाट स्थिर र अनुमानयोग्य नीति चाहन्छन् भने सरकारका लागि राजस्व पनि महत्वपूर्ण स्रोत हो । यही दुई पक्षबीचको सन्तुलन नेपालको अटो क्षेत्रको आगामी दिशाका लागि निर्णायक बन्न सक्छ । भृकुटीमण्डपमा देखिएको चम्किलो सवारी प्रदर्शनीले बजारको आकर्षण त देखाउँछ, तर उद्घाटन समारोहमा उठेका प्रश्नले नेपालको मोबिलिटी क्षेत्र अझै विकासको संक्रमणकालमै रहेको संकेत गर्छ । एक्स्पोमा नयाँ गाडी कति बिक्री हुन्छन् भन्नेभन्दा पनि त्यसले सरकारलाई कर, पूर्वाधार, सडक सुरक्षा र विद्युतीय सवारीसम्बन्धी नीतिमा कति गम्भीर बनाउँछ भन्ने पक्ष नेपालको अटो क्षेत्रका लागि दीर्घकालीन रूपमा बढी महत्वपूर्ण देखिन्छ ।

2