Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशत ब्याजमै अटो लोन

अ+ अ-

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै ५.५७ प्रतिशत ब्याजदरमै अटो लोन दिने योजना सार्वजनिक गरेको छ । बैंकले आधार दरमा शून्य प्रतिशत प्रिमियम थप गरी उक्त ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको हो ।

बैंकका अनुसार यो विशेष ब्याजदर योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ । त्यसपछि भने अटो लोनमा बैंकको प्रचलित ब्याजदर लागू हुनेछ ।

कर्जा आवेदन र आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ । यसले नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई छिटो र सहज रूपमा कर्जा प्राप्त गर्न सहयोग पुग्ने बैंकको भनाइ छ ।

विशेष अटो लोन सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखाबाट उपलब्ध हुनेछ । नाइमा एक्स्पोमा सहभागी भएर नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकले यो योजनाबाट लाभ लिन सक्नेछन् ।

बैंकले बदलिँदो बजार आवश्यकता र ग्राहकको मागअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । एक्स्पोलाई लक्षित गरी ल्याइएको यो योजनाले नयाँ सवारी साधन खरिद गर्ने ग्राहकलाई थप सहजता प्रदान गर्ने बैंकको अपेक्षा छ ।

2