Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

टाटा टियागो र पन्च ईभीका फेसलिफ्ट नेपालमा सार्वजनिक

टाटा टियागो र पन्च ईभीका फेसलिफ्ट नेपालमा सार्वजनिक
अ+ अ-

काठमाडौं। टाटा मोटर्सले नेपालमा टियागो ईभी र पन्च ईभीका नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ। विद्युतीय सवारीसाधनको बढ्दो मागलाई लक्षित गर्दै कम्पनीले आफ्नो ईभी लाइनअप विस्तार गरेको हो।

टाटाको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले काठमाडौंमा मंगलबारदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’मा दुवै मोडल सार्वजनिक गरेको हो। फेसलिफ्ट टियागो ईभीको सुरुवाती मूल्य २९ लाख ९० हजार रुपैयाँ र पन्च ईभीको ३२ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

नयाँ पन्च ईभीमा अघिल्लो संस्करणभन्दा ठूलो ४५ किलोवाट–घण्टा ब्याट्री प्याक राखिएको छ। यसले ड्राइभिङ रेन्ज बढाउनुका साथै छिटो चार्जिङ सुविधा दिने कम्पनीले जनाएको छ। नयाँ प्रविधि र थप सुविधासहित आएको पन्च ईभीलाई कम्पनीले थप सक्षम र सुविधासम्पन्न विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरेको छ।

फेसलिफ्ट टियागो ईभी भने मुख्यतः सहरी यात्रालाई लक्षित गरिएको कम्प्याक्ट विद्युतीय कारका रूपमा बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

2