Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

एमजी माजेस्टर नेपाली बजारमा सार्वजनिक

अ+ अ-

काठमाडौं। एमजी मोटर इन्डियाले २.० लिटर ट्विन–टर्बो डिजेल इन्जिन र उन्नत अफरोड क्षमतासहितको प्रिमियम एसयूभी ‘माजेस्टर’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

एमजीको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्सले काठमाडौंमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा माजेस्टर सार्वजनिक गरेको हो। यसको नेपाली बजार मूल्य २ करोड ५० लाख रुपैयाँ तोकिएको छ।

माजेस्टरले गत मार्चमा ४०६.४ टन तौलको रेल तानेर गिनिज वर्ल्ड रेकर्ड कायम गरेपछि अन्तर्राष्ट्रिय बजारमा चर्चा पाएको थियो। उक्त प्रदर्शनमा एसयूभीको २.० लिटर ट्विन–टर्बो डिजेल इन्जिनको उच्च टोइङ क्षमता प्रदर्शन गरिएको थियो। इन्जिनले २१५.५ पीएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ भने ८–स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ।

माजेस्टर रियर–ह्विल ड्राइभ र फोर–ह्विल ड्राइभ दुवै विकल्पमा उपलब्ध छ। फोर–ह्विल ड्राइभ संस्करणमा १० वटा अफरोड ड्राइभिङ मोड, अगाडि, पछाडि र सेन्टर डिफरेन्सियलका लागि ट्रिपल डिफरेन्सियल लक तथा क्रल कन्ट्रोल दिइएको छ। यसमा २१९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ८१० मिलिमिटरसम्म पानी पार गर्न सक्ने क्षमता रहेको कम्पनीको दाबी छ।

एसयूभी ५,०४६ मिलिमिटर लामो, २,०१६ मिलिमिटर चौडा र १,८७६ मिलिमिटर अग्लो छ। यसको ह्विलबेस २,९५० मिलिमिटर छ। बाहिरी डिजाइनमा १९ इन्च डुअल–टोन एलोय ह्विल, कनेक्टेड एलईडी टेललाइट र ठूलो ब्ल्याक फ्रन्ट ग्रिल दिइएको छ।

केबिनमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १२.३ इन्चकै डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, थ्री–जोन क्लाइमेट कन्ट्रोल तथा १२–स्पिकर साउन्ड सिस्टम उपलब्ध छन्। सुरक्षातर्फ लेभल–२ एड्भान्स्ड ड्राइभर–असिस्टेन्स सिस्टम (एडीएएस) राखिएको छ भने अगाडिका सिटमा हिटिङ, भेन्टिलेसन र मसाज सुविधा पनि दिइएको छ।

2