Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपाल एसबीआई बैंकको नाफा १२.८९% बढ्यो, २ अर्ब ४ करोड खुद नाफा कमायो

नेपाल एसबीआई बैंकको नाफा १२.८९% बढ्यो, २ अर्ब ४ करोड खुद नाफा कमायो
अ+ अ-

काठमाडौं: नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२.८९ प्रतिशत बढेको हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको थियो।

बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६ अर्ब ८७ करोड ३६ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि बढेर २ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

असार मसान्तसम्म बैंकको ग्राहक निक्षेप २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। ग्राहकतर्फको कर्जा तथा सापटी १ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

कर्जा विस्तारका बाबजुद बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने ३.३५ प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा झरेको छ। बैंकले कुल कर्जाको १४५.७४ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेको जनाएको छ।

बैंकको प्रतिसेयर आम्दानी पनि बढेर १८ रुपैयाँ ४ पैसा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १५ रुपैयाँ ९८ पैसा थियो। बैंकको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा, इक्विटीमा प्रतिफल ९.५९ प्रतिशत र सम्पत्तिमा प्रतिफल ०.८५ प्रतिशत रहेको छ।

चौथो त्रैमासिकसम्म बैंकको कुल सम्पत्ति २ खर्ब ४८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। बैंकले कर्जा तथा निक्षेप विस्तारसँगै वित्तीय पहुँच बढाउँदा नाफामा सुधार आएको जनाएको छ।

2