udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी

बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी
बडीमालिका क्षेत्रमा सञ्चारको पहुँच पुर्‍याउन हेलिकप्टरमार्फत उपकरण ढुवानी बाजुरा, २७ साउनः जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा सञ्चारको पहुँच पु¥याउन नेपाली सेनाको हेलिकप्टरमार्फत् मङ्गलबार उपकरण तथा अन्य सामग्री ढुवानी गर्दै । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले यही साउन ८ गते बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा पु¥याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो । समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको छ । सौजन्य तस्बिरः सूचना तथा सञ्चारमन्त्रीको सचिवालय÷रासस
A A+ A-

काठमाडौं– हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्‍याइएको हो ।

बडीमालिका बाजुरा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हो । बडीमालिका मन्दिर समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले यही साउन ८ गते बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएपछि नेपाल टेलिकमले उपकरण जडानमा सक्रियता देखाएको हो ।

सञ्चारमन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग त्यहाँ आवश्यक पर्ने दूरसञ्चार पूर्वाधार, सम्भावित जडानस्थल र सडक सञ्जालको अवस्थाबारे समेत छलफल गरेका थिए।

भौगोलिक कठिनाइका कारण सडकमार्फत उपकरण तथा सामग्री पुर्‍याउन सम्भव नदेखिएपछि हेलिकप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाउन उनले निर्देशन दिएका थिए ।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको जानकारी दिए ।

सामग्री ढुवानी, जनशक्ति व्यवस्थापन तथा स्थानीय तहबाट गर्न सकिने आर्थिक र अन्य सहयोगका विषयमा बडीमालिका तथा त्रिवेणी नगरपालिकाका प्रमुखसँग छलफल भइरहेको बताइन्छ । जडानस्थलमा आवश्यक सामग्री पुगेको करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले यसअघि साउन महिनाभित्रै बडीमालिकामा सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो । प्रारम्भिक रूपमा साउन ३० गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य रहे पनि प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण केही समय थप लाग्ने भएको बुझिन्छ ।

सरकारले देशका दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । दुर्गम भूगोलमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको योजनाअनुसार बडीमालिका मन्दिर क्षेत्रमा तत्काल फोर–जी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको टेलिकमले जनाएको छ ।

यसअघि नै केही उच्च हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको काम अघि बढिसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित लहान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार ९०० मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार ४०० मिटर उचाइमा फोर–जी सेवा सुरु भइसकेको छ ।

देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा समेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यअनुसार दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो ।

हाल देशभर दूरसञ्चार सेवाको पहुँच तथा गुणस्तर विस्तारका लागि करिब एक हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै करिब रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action