Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

चेरी वान्डाका ईभी भ्यान नाइमा एक्स्पोमा, बिना धितो हायर पर्चेज सुविधा

अ+ अ-

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले विभिन्न क्षमताका विद्युतीय व्यावसायिक भ्यान सार्वजनिक तथा प्रदर्शनमा राखेको छ। कम्पनीले व्यावसायिक तथा शैक्षिक संस्थालाई लक्षित गर्दै ११, १२, १४ र १६ सिट क्षमताका ईभी भ्यान प्रदर्शनीमा राखेको हो।

अगस्ट ११ देखि १६ सम्म सञ्चालन हुने एक्स्पोको हल ‘डी’स्थित स्टल नम्बर १६ मा चेरी वान्डाका विद्युतीय भ्यान अवलोकन गर्न सकिनेछ। यी भ्यानमा उच्च ब्याट्री क्षमता, पिक पावर र ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

११ र १२ सिटे मोडलमा ४१.८६ किलोवाट आवरको सीएटीएल ब्याट्री, ७० किलोवाट पिक पावर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एकपटक चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज रहेको छ।

१४ सिटे मोडलमा ५३.५८ किलोवाट आवरको ब्याट्री, ८० किलोवाट पिक पावर, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ।

त्यस्तै, १६ सिटे मिनी बसमा ५३.५८ तथा ७० किलोवाट आवरका ब्याट्री विकल्प, ८० तथा १२० किलोवाट पिक पावर र २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। मोडलअनुसार यसले २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

चेरी वान्डाले व्यावसायिक सवारी खरिदकर्तालाई लक्षित गर्दै बिना धितो हायर पर्चेज सुविधा समेत उपलब्ध गराएको जनाएको छ। यसले व्यावसायिक तथा संस्थागत प्रयोजनका लागि विद्युतीय भ्यान खरिद गर्न चाहने ग्राहकलाई थप सहज हुने कम्पनीको अपेक्षा छ।

एक्स्पोमा ग्राहकले चेरी वान्डाका विभिन्न मोडल, ब्याट्री क्षमता, रेन्ज, मूल्य तथा उपलब्ध वित्तीय सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

2