Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

अ+ अ-

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले खाना पकाउने ग्यासको आपूर्ति, वितरण र ढुवानीलाई पारदर्शी तथा प्रभावकारी बनाउन सरकारले अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिरहेको बताएकी छन्।

उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित संरक्षण समितिले आयोजना गरेको खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री यादवले ग्यासको उपलब्धता र वितरणसम्बन्धी विवरण हाल गुगल फाराममार्फत संकलन गरी सार्वजनिक गर्न थालिएको जानकारी दिइन्।

उनका अनुसार नयाँ अनलाइन प्रणाली सञ्चालनमा आएपछि ग्यासको आपूर्ति कहाँबाट भइरहेको छ, कति परिमाणमा भित्रिएको छ, कहाँ पठाइएको छ र वितरणको अवस्था के छ भन्ने विवरणलाई व्यवस्थित रूपमा अनुगमन गर्न सकिनेछ।

मन्त्री यादवले आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार, आयातकर्ता तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताइन्।

यसैबीच, सरकारले साउन २८ गतेदेखि सिंहदरबारमा खाद्य बिक्री तथा वितरणका लागि बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ। उक्त केन्द्रमार्फत सर्वसाधारण तथा कर्मचारीलाई आवश्यक खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने सरकारको योजना रहेको बताइएको छ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक नगेन्द्र शाहले भने खाना पकाउने ग्यासको आपूर्ति एक साताभित्र सहज हुने दाबी गरेका छन्।

उनका अनुसार मंगलबार मात्रै १३४ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन्। साउन २६ गतेसम्ममा देशमा ३४ लाख ग्यास सिलिन्डर भित्रिसकेको उनले जानकारी दिए।

ग्यासको आपूर्ति बढ्दै गए पनि पछिल्लो समय विभिन्न स्थानमा ग्यास अभाव र वितरणमा असमानता देखिएपछि सरकारले आपूर्ति प्रणालीलाई नियमित र पारदर्शी बनाउन अनुगमन तथा सूचना व्यवस्थापनमा जोड दिएको हो।

निगमका अनुसार आयात तथा आपूर्ति बढेपछि बजारमा देखिएको ग्यासको अभाव क्रमशः कम हुँदै जानेछ। सरकारले भने आपूर्ति पर्याप्त हुँदाहुँदै पनि कृत्रिम अभाव, असमान वितरण वा अनावश्यक भण्डारण हुन नदिन अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने तयारी गरेको छ।

अनलाइन ट्र्याकिङ प्रणाली सञ्चालनमा आएपछि ग्यासको आपूर्ति शृंखलालाई डिजिटल माध्यमबाट निगरानी गर्न सकिने र उपभोक्ताले समेत उपलब्धता तथा वितरणसम्बन्धी सूचना सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

2